Wednesday, February 28, 2024
spot_img
Homeहोमपेजआसिफ अहमदको अध्यक्ष्तामा ५१ सदस्यीय (अनेरास्ववियु) वीरगन्ज महानगर कमिटि गठन

आसिफ अहमदको अध्यक्ष्तामा ५१ सदस्यीय (अनेरास्ववियु) वीरगन्ज महानगर कमिटि गठन


वीरगन्ज,१२ चैत /
नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को वीरगन्ज महानगरपालिका सम्मेलनले आज नगर कमिटी निर्वाचित गरेको छ ।
वीरगन्ज मुर्ली स्थित सिटि प्यालेशमा आयोजित सम्मेलनले आसिफ अहमदको अध्यक्ष्तामा ५१ सदस्यीय महानगरपालिका कमिटी निर्वाचित गरेको हो ।
नवगठित कमिटिको उपाध्यक्षमा तुफैर अन्सारी ,सचिवमा भक्ति अग्रवाल ,सहसचिवमा मुसरफ अंसारी ,महिला सहसचिवमा सोनी सरार्फ निर्वाचित भएका छन ।
यस्तै सदस्यहरुमा विवेक साह,सहिम अंसारी ,कृष्णा मुरारी यादव,रन्जन मण्डल ,साहिल अन्सारी ,सुस्मिता चौधरी,सृजना चौधरी लगायतका निर्वाचित भएका हुन ।
त्यस्तै सोही सम्मेलनले वीरगन्ज महानगरपालिकाको इन्चार्जमा जेयाद अन्सारी र सहईन्चार्जमा सुजित मण्डललाई जिम्मेवारी दिएको छ ।
(अनेरास्ववियु) को महानगरपालिका सम्मेलनको उद्घाटन समारोहका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य अरविन्द सिंहले जनवादी , प्रगतिशिल विचार बुझ्ने विद्यार्थीहरुलाई मात्र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा आवद्ध गराउने बताए ।
समाजको विकृति ,विसंगी विरुद्ध लाग्नेले मात्र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको झण्डा मुनि रह्ने सक्ने बताए ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन पर्साका संयोजक रेयाज अंसारीको अध्यक्ष्तामा भएको कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेश कमिटि सदस्य बसरुदिन अंसारी ,शम्भु गुप्ता , नेकपा जिल्ला कमिटिका उपाध्यक्ष विश्मभर शर्मा ,नेकपा एमाले वीरगन्ज महानगरपालिका कमिटिका उपाध्यक्ष एवं केन्द्रिय प्रचार तथा प्रकाशन विभागका सदस्य महेश दास ,नेकपा एमालेका नेता एवं वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी ,नेपाल खेलकुद महासंघका उपमहासचिव शिवजी गुप्ता , केन्द्रिय सचिव रामकिशोर सिंह (पराग) , जिल्ला सचिव सन्दिप बस्नेत , अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रिय सदस्य मेराजुल हवारी ,पुर्व केन्द्रिय सदस्यहरु सागीर अंसारी ,नसिम अख्तर , विकेश यादव , नेपाल खेलकुद महासंघका पुर्व केन्द्रिय सदस्य जावेद आलम ,नेकपा एमाले जिल्ला कमिटि सदस्य ईमरान आलम , जले आलम लगायतका नेताहरुले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण प्रेस चौतारी नेपालका सदस्य तिवारी यादवले गरेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: