Thursday, April 18, 2024
spot_img
Homeफिचरजसपा अध्यक्ष यादवको संविधान पुनर्लेखन गर्न माग

जसपा अध्यक्ष यादवको संविधान पुनर्लेखन गर्न माग


वीरगन्ज,७ चैत /
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधानको संशोधन, परिमार्जन र सुधार गर्नुअघि पुनर्लेखन आवश्यक रहेको बताएका छन् ।

वीरगञ्जका नेता राजेशमान सिंहलाई पार्टी प्रवेश गराउँदै यादवले संघीय गणतन्त्रमा सबैलाई समान अधिकार, अवसर, पहिचान र स्वाभिमान र सम्मानको ग्यारेन्टी हुनुपर्नेमा जोड दिए । जनसंख्याको आधारमा प्रतिनीधित्व सबै क्षेत्रमा समानुपातिक प्रतिनिधित्व र भागेदारीको ग्यारेन्टी हुनुपर्न उनको भनाइ छ ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादवले अहिलेको निर्वाचन प्राणाली, शासकीय स्वरुप, न्यायिक प्रणालीसमेत बदल्नुपर्ने बताए ।

‘राजनीति विकृतिले भरिएको छ । निर्वाचन प्रणाली महँगो भइरहेको छ’, उनले भने, ‘धेरैलाई चुनाव लड्ने हिम्मत पनि हुँदैन । ब्रिटिश संसदीय प्रणालीको नक्कल गरे पनि सही ढंगले नक्कल हुन सकेको छैन । यो निर्वाचन प्राणालीलाई बदल्नुपर्छ । यो प्रणालीले कहिल्यै राजनीतिक स्थिरता ल्याउँदैन । जबसम्म राजनैतिक स्थिरता हुँदैन, आर्थिक विकास समृद्धिको गति लिन सक्दैन ।’
अहिलेको चुनावको प्रणाली फेरेर पूर्णसमानुपातिक निर्वाचन प्रणाली लागु गर्नु पर्ने उनको प्रस्ताव छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: