Monday, February 26, 2024
spot_img
Homeजीवनशैलीबर्डफ्लू संक्रमण देखापरेपछि कुखुराहरु मरे

बर्डफ्लू संक्रमण देखापरेपछि कुखुराहरु मरे

वीरगन्ज,२७ फागुन / पर्साको कुखुरा फर्ममा बर्डफ्लू संक्रमण देखापरेपछि कुखुराहरु मरेका छन् । वीरगन्ज महानगरपालिका १५ भेडियाहीका स्थानीय सागीर अन्सारीको फर्ममा बर्डफ्लू संक्रमण परेपछि कुखुराहरु मरेका हुन ।

उनका अनुसार बर्डफ्लू संक्रमण कै कारण १ हजार ९ सय वटा कुखुरा मरेकाको अवस्थामा फेला परेका छन् । बर्डफ्लू संक्रमणले फर्मका कुखुराहरु मर्न थालेपछि बाँकी कुखुरा र पंक्षीजन्य वस्तुहरु प्रहरीको रोहबारमा नष्ट गरिएको जिल्ला पशु क्वारेन्टाइन कार्यालय पर्साले जनाएको छ ।

जिल्ला पशु क्वारेन्टाइन कार्यालय पर्साबाट खटिएको पशु प्राविधिकहरुको टोलीले फर्ममा रहेका जीउदो कुखुरा, अण्डा ,दाना,अण्डाको खाली क्रेट र संक्रमणले मरेका कुखुरा खाल्डोमा पुरेर नष्ट गरेको जिल्ला पशु क्वारेन्टाइन कार्यालय पर्साका प्रमुख डा.हरेराम यादवले जानकारी दिए ।

बर्डफ्लू संक्रमण भेटिएको कुखुरा फर्मलाइ सिल गरिएको भेडियाहीको कुखुरा फर्मका बर्डफ्लू संक्रमण भेटिएपछि आसपासका कुखुरा फर्महरुमा पुगेर परिक्षण गर्ने तयारी भइरहेको डा.यादवले बताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: