Thursday, June 13, 2024
spot_img
Homeफिचरप्रेस चौतारीको नवौँ राष्ट्रिय महाधिवेशन पोखरामा सुरु

प्रेस चौतारीको नवौँ राष्ट्रिय महाधिवेशन पोखरामा सुरु

वीरगन्ज,२७ पौष /

एमालेनिकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि पोखरामा सुरु भएको छ । शनिबारसम्म चल्ने महाधिवेशनमा सहभागी हुन देशभरबाट एक हजार दुई सयजना पत्रकार पोखरामा भेला भएका छन् । महाधिवेशनको उद्घाटन एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले गरेका छन् ।
महाधिवेशनमा नौ सय प्रतिनिधिसँगै सल्लाहकार, मनोनीतसहितका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

स्वर्गीय विरेन्द्र साह पत्रकारिता पुरस्कार ०७८ बाट नेपाल पत्रकार महासङ्ह पर्साका अध्यक्ष अनुप तिवारी पुरस्कृत भएका छन । एमालेनिकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष तिवारी पुरस्कृत भएका हुन ।
तिवारी संगै महाधिवेशनमा ११ जना पत्रकार विभिन्न पुरस्कारबाट पुरस्कृत भएका छन । महाधिवेशनको उद्घाटन एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई पुरस्कार वितरण गरेका हुन ।

हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार २०७७ बाट प्रेस चौतारीका पूर्वअध्यक्ष राजेन्द्र अर्याल र २०७८ बाट अर्का पूर्वअध्यक्ष गगन विष्टलाई पुरस्कृत भएका छन ।

अग्निशिखा पत्रकारिता पुरस्कार २०७७ कृष्णविनोद लम्साल तथा २०७८ बाट झलक सुवेदी, डेकेन्द्र थापा पत्रकारिता पुरस्कार २०७७ बाट सागर पण्डित र २०७८ बाट हिरा परियार, वीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरस्कार २०७७ बाट केपी गौतम ,०७८ बाट नेपाल पत्रकार महासङ्ह पर्साका अध्यक्ष अनुप तिवारी ,चन्द्र न्यौपाने शान्तिराम कार्की पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङ, पदमलक्ष्मी सावित्री स्मृति पत्रकारिता पुरस्कार २०७७ बाट अब्दुल्ला मियाँ र २०७८ बाट शिवराज भट्टलाई पुरस्कृत भएका हुन ।

एमालेनिकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि पोखरामा सुरु भएको छ । शनिबारसम्म चल्ने महाधिवेशनमा सहभागी हुन देशभरबाट एक हजार दुई सयजना पत्रकार पोखरामा भेला भएका छन् । महाधिवेशनमा नौ सय प्रतिनिधिसँगै सल्लाहकार, मनोनीतसहितका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: