Thursday, April 18, 2024
spot_img
Homeफिचरलोसपा नेता शिव पटेल नेकपा एमालेमा प्रवेश गर्ने

लोसपा नेता शिव पटेल नेकपा एमालेमा प्रवेश गर्ने

वीरगन्ज,२७ फागुन /

लोकतान्त्रिक समाजवादी पार्टी पर्साका प्रभावशाली नेता शिव पटेल नेकपा एमालेमा प्रवेश गर्न तयारी गरेका छन ।

नेता पटेल एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गर्न लागेका हुन ।

भोली फागुन २८ मा बाराको चिउटाँहामा केपी ओली शर्मा सहभागी हुने कार्यक्रममा नेता पटेललाई एमालेमा भित्रयाउने तयारी भएको नेकपा एमाले पर्सा स्रोतले जनाएको छ ।

नेता पटेल केही समय अगाडी एमाले प्रवेश गर्न लागेको सुचना लोकतान्त्रिक समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले पाएपछि उनको घर मै पुगेर रोकेका थिए ।

स्वर्गीय गजेन्द्र नारायण सिंहबाट प्रभावित भएर मधेश दलमा लागेका नेता पटेललाई यसपटक कसैले एमाले प्रवेश गर्नमा बाधक नबने स्रोतको दावि छ ।

नेता पटेल २०७४ सालको स्थानीयतहको निर्वाचनमा बहुदरमाई नगरपालिकामा तत्कालिन राष्ट्रिय जनता पार्टीबाट मेयरमा चुनाव लडेर पराजित भएका थिए ।

यसअघि लोकतान्त्रिक समाजवादी पार्टी पर्साका प्रभावशाली नेता राजेशमान सिंह एमालेमा प्रवेश गरीसकेका छन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: