Thursday, June 13, 2024
spot_img
Homeफिचरमेयर दिपनारायण नेपाली काङ्ग्रेसमा प्रवेश गरे

मेयर दिपनारायण नेपाली काङ्ग्रेसमा प्रवेश गरे

वीरगंज । पर्साको पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाले मेयर रौनियारलाई पार्टीमा स्वागत गरेका छन् । 

नेपाली काङ्ग्रेस पर्साले वीरगञ्जमा बिहिवार आयोजना गरेको नव निर्वाचित जिल्ला कार्य समितिकाे प्रमाण पत्र वितरण तथा पदस्थापन कार्यक्रममा रौनियारले पार्टी प्रवेश गरेका हुन् । नेपाली काङ्ग्रेसको सदस्यता प्रदान गर्दै पार्टीका सभापति देउवाले रौनियारलाई पार्टीमा स्वागत गरेका थिए । 

गत निर्वाचनमा नेपाली जनता दलबाट पाेखरियाकाे मेयरमा राैनियार निर्वाचित भएका थिए । अब नेपाली काङ्ग्रेसबाट पुनः मेयरमै चुनाव लड्ने राैनियारकाे तयारी छ । 

कांग्रेस पर्साका जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीकाे सभापतित्वमा भएकाे कार्यक्रममा केन्द्रिय सदस्यद्वय रमेश रिजाल, अजय चाैरसिया, पूर्व केन्द्रिय सदस्य सुरेन्द्र चाैधरी, पूर्व जिल्ला सभापति अजय द्विवेदी, नेता अनिल रुगंटा, मधेश प्रदेशका खानेपानी तथा उर्जा बिकास मन्त्री ओमप्रकाश शर्मा लगायतकाे सहभागिता रहेकाे थियाे ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: