Friday, March 1, 2024
spot_img
Homeजीवनशैलीकेडिया अर्गनाइजेशनका अध्यक्ष हिरालाल केडिया रहेनन

केडिया अर्गनाइजेशनका अध्यक्ष हिरालाल केडिया रहेनन


वीरगन्ज ,२५ फागुन /
केडिया अर्गनाइजेशनका अध्यक्ष हिरालाल केडियाको निधन भएको छ । काठमाडौंको हेम्स अस्पतालमा उपचारकै क्रममा गएराती उनको निधन भएको केडियाका भतिजा प्रदीप केडियाले जानकारी दिए ।
लामो समयदेखि मधुमेहबाट पीडित केडियालाई पछिल्लो समय निमोनिया पनि देखिएको थियो । निमोनियाका कारण निधन भएको परिवारजनले बताएका छन् ।

स्व.केडियाको पार्थिक शरीरलाई बुधबार उनको गृहनगर वीरगञ्ज ल्याइएको छ । बुधबारै सर्लाहीको बागमतीमा अन्त्येष्टि गरिने भतिजा केडियाले जानकारी दिए । केडिया अर्गनाइजेशनका संस्थापनक स्व. शंकरलाल केडियाको निधनपछि उनका भाई हिरालाल केडियाले सो औद्योगिक तथा व्यापारिक समूहको नेतृत्व गर्दै आएका थिए ।

स्व.केडिया उद्योग व्यावसायका अलावा समाजसेवामा पनि सक्रिय थिए । उद्योग व्यापार र समाजिक सेवाका क्षेत्रमा पुर्‍याएको योगदानका लागि केडियालाई समाजिक संघसंस्था र राज्यले विभिन्न सम्मान समेत प्रदान गरेका छन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: