Friday, March 1, 2024
spot_img
Homeफिचरअन्तराष्ट्रिय नारी दिवस : २१ महिला सहित ४२ जनाले गरे रक्तदान

अन्तराष्ट्रिय नारी दिवस : २१ महिला सहित ४२ जनाले गरे रक्तदान


वीरगन्ज,२४ फागुन । वीरगन्जमा अन्तराष्ट्रिय नारी दिवसको अवसरमा रक्तदान तथा जनचेतनामूलक ¥याली निकालिएको छ । ब्लड डोनर्स एशोसिएसन पर्साको आयोजनामा गरिएको रक्तदानमा २१ महिला सहित २१ पुरुष समेत गरेर ४२ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा गोविन्द देवकोटा, तिवारी यादव,रोशनी श्रेष्ठ, अस्मिता पटेल, नुतन सरावगी, प्रिया खड्गी, सरिता चौधरी लगायतले रहेका छन् ।

एशोसिएसनका अध्यक्ष शत्रुधन नेपालको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा संस्थाका सचिव अरविन्द सिंह, रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख शौरभराज पाण्डे लगायतको उपस्थिति रहेको रक्तसञ्चार केन्द्रका राजन श्रीवास्तवले जानकारी दिनुभयो ।

विभिन्न संघसंस्थाको आयोजनामा जनचेतनामूलक ¥याली पनि निकालिएको छ । वीरगन्जको घण्टाघरबाट निकालिएको ¥याली लिंक रोड हुदै बसपार्कमा पुगेर पुनः घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्ने व्यक्तिहरुले महिलाहरुलाई समान अधिकारको सुनिश्चित भएपनि व्यवहारमा लागू नभएकोले यसको व्यवहारिक कार्यान्वयनमा जोड दिएका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: