Thursday, April 18, 2024
spot_img
Homeफिचरचैतको ८ गते नेकपा एमालेका अध्यक्ष ओली वीरगन्ज आउने

चैतको ८ गते नेकपा एमालेका अध्यक्ष ओली वीरगन्ज आउने

वीरगन्ज,२४ फागुन /नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओली चैतको ८ गते वीरगन्ज आउने पक्का भएको छ । अध्यक्ष ओली निवास बालकोटमा नेकपा एमालेका पर्साका नेताहरुकोसंगको छलफल पछि पार्टी अध्यक्ष ओली बीरगंज आउने मिति तय भएको हो ।

यस भन्दा अघि फाल्गुण १४ गते २६ गते र चैत्र ६ गते वीरगन्ज आउने बिषयमा चर्चा परिचर्चा चलेपनि अध्यक्ष ओली अव चैतको ८ गते वीरगन्ज आउने कुरा तय भएको नेकपा एमाले पर्साका अध्यक्ष एवं इन्चार्ज प्रभू हजराले जानकारी दिनु भयो ।
८ गते सीमरा बिमान स्थलमा पार्टी अध्यक्षे ओलीको अवतरणसंगै वीरगन्जको यात्रा शुरु हुनेछ । नेकपा एमालेले आफना अध्यक्षलाई हजारौ मोटरसाइकलले स्कटिर्ङ गरेर बीरगंज ल्याउने तयारी गरेको छ । वीरगन्जको बि.पी.उद्यानको लालबंगलामा आयोजना हुने खुला सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सोही कार्यक्रममा लोसपमाबाट अलग भएका मधेश आन्दोलनका एक जना कमाण्डर राजेमान सिंहको पहिला नै एमालेमा प्रबेश गरी सकेका छन भने उनी निकट रहेका सैयौं नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्ने छन भने पर्सा सहइन्चार्ज राजकुमार गुप्ताले बताए । मधेश आन्दोलनको इपिसेन्टरको रुपमा रहेको वीरगन्जमा के.पी.आली नै आन्दोलनको निशानमा हुनुहुनथ्यो । पछिल्लो मधेश आन्दोलनको पाँच वर्ष पछि मधेशमा नेकपा एमालेका अध्यक्ष के.पी.ओली प्रतिको बिकर्षण समाप्त भई आकर्षण बढीरहेको छ दिनप्रति दिन अन्य पार्टी परित्याग गरी नेता तथा कार्यकर्ताहरुले एमालेमा प्रबेश गरीरहेका छन ।

राजनीतिमा अडानयुक्त नेताको छवी बनेको छ र मधेशका जनताले त्यसलाई मन पराउदै नेकपा एमालेसंग जोडिने प्रक्रिया शुरु भएको छ । नेकपा एमालेका अध्यक्ष के.पी.ओलीको वीरगन्ज आगमनले एमालेजनमा उत्साह संचार गर्ने र पर्सालाई एमालेमय बनाउने अभियानमा उर्जा मिल्ने बिश्वास जागृत हुने सहइन्चार्ज निर्मला देवकोटले बताइन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: