Saturday, February 24, 2024
spot_img
Homeफिचरप्रेस चौतारी मधेशको अध्यक्षमा महत ,सचिवमा ग्यासु , कोषाध्क्षमा जितेन्द्र

प्रेस चौतारी मधेशको अध्यक्षमा महत ,सचिवमा ग्यासु , कोषाध्क्षमा जितेन्द्र


वीरगन्ज,२२ फागुन /

प्रेस चौतारी नेपाल मधेश प्रदेशको अध्यक्षमा फणी महत सर्वसहमत चयन भएका छन् । मधेश प्रदेशको रौतहटको चन्द्रपुरमा शनिबार भएको प्रथम अधिवेशनले महतको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

सर्वसम्मत रुपमा गठीत समितिको उपाध्यक्षमा अनिल तिवारी, महिला उपाध्यक्ष अर्चना परियार महासचिवमा गौतम श्रेष्ठ सचिवमा ग्यासु मिया देवान, भगलु मण्डल र कोषाध्क्षमा जितेन्द्र साह रहेका छन ।

त्यस्तै सदस्यमा कन्हैया गुप्ता, निरन्ज मिश्र, श्याम कुशवाहा, शम्भु महतो, लक्ष्मी खरेल, भवानी सुवेदी, सपना ढकाल, बिना राउत, पिन्टु यादव, नविन साह, भगवती चौधरी लगायत रहेका छन ।

त्यसै गरि गोकुल घोरसाइने, अर्जुन थपलिया, शंकर श्रेष्ठ, संजय मिश्र, रेणु चौधरी र जिवच्छ चौधरी रहेको सल्लाहकार समिति पनि निर्माण भएको छ ।

नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञावालीले अधिवेशनको उट्घाटन गरेका थिए । उपाध्यक्ष ज्ञावालीले जनताका बीचमा भएका भ्रमपूर्ण प्रचारबाजी चिर्नका लागि मिडियाको भुमिका महत्वपूर्ण हुने बताए ।

यस्तै कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं रौतहट इन्चार्ज उपेन्द्र महतोले प्रेस स्वतन्त्रताका लागि पत्रकारले कलम चलाउनुपर्ने बताए ।

प्रेस चौतारी मदेश प्रदेश संयोजक फणी महतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका उपाध्यक्ष एवं संगठनका अग्रज पत्रकार स्व। रामान्न्द गुप्तालाई मराणोपरान्त र डोम समुदायबाट उच्च शिक्षा हासील गरि सरकारी निकायमा कार्यरत रौतहटका बिजय माली डोमलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रेखा झा, उद्धव पोख्रेल, कुन्दन कुशवाहा, प्रदेश कमिटी उपसचिव आरती भण्डारी, प्रेस चौतारी नेपालका उपाध्यक्ष लालबाबु शेख नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, शिव पुरी, प्रदेश समहासचिव श्याम बन्जारा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गोपाल बराल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: