Saturday, February 24, 2024
spot_img
Homeजीवनशैलीखेसारीलालले हिरोइन बनाउँछु भनेकी सोमिया भन्छिन् : नेपालको नाम रोशन गर्छु

खेसारीलालले हिरोइन बनाउँछु भनेकी सोमिया भन्छिन् : नेपालको नाम रोशन गर्छु

वीरगंज : भोजपुरी चर्चित अभिनेता खेसारीलाल यादवले आफ्नो एल्बम र फिल्ममा ६ महिना भित्र हिरोइन बनाउने वचन दिएपछि अहिले वीरगंजकी सोमिया पोखरेलको चर्चा छ।

फागुन १७ गते महाशिवरात्रीका दिन रौतहटको मौलापुरमा आयोजना भएको तेस्रो मधानी महोत्सवमा खेसारीलालले स्टेज कार्यक्रमबिच दर्शकको सामु सोमियालाई आफ्नो फिल्ममा खेलाउने घोषणा गरेका थिए। उक्त कार्यक्रममा सोमियाले खेसरीलालसँगै प्रस्तुती दिएकी थिइन्।

उक्त घोषणासँगै भारतीय मिडियामा समेत सोमियाको चर्चा भइरहेको छ। खेसरीलालको घोषणा र चर्चासँगै सोमिया अहिले निकै खुशी छिन्।

स्टेजमा घोषणा हुँदै गर्दाको पल सम्झिँदै उनले भनिन्,‘यो मेरो र देशको लागि सुखद समाचार हो। मलाई राम्ररी निद्रा लागेको छैन्।अहिले पनि त्यो पललाई सम्झिरहेको छु।’

२१ वर्षीया सोमिया यसअघि नै खेसारी लालको ट्याटू आफ्नो बायाँ हातमा बनाएपछि टिकटकमा भाइरल भएकी थिइन्। टिकटकमा उनको ६ लाख फलोवर्स छन्। सोमियाको रोमान्टिक र भोजपुरी गीतमा बनाइएको टिकटक भिडियो चर्चित छिन्। रानीघाटका चन्दन गुप्तासँग उनको विवाह भएको थियो। दुवै जना अहिले रानीघाटकै एक घरमा डेरामा बस्छन्।

मधेशमा कला क्षेत्रमा लाग्‍ने महिलालाई हेर्ने नजर परिवर्तन हुने बांकी रहेको उनले बताइन्।

तराई मधेसमा कला क्षेत्रमा लाग्न महिलालाई निकै चूनौती रहेको उनको बुझाइ छ। तर खेसरीलालसँग काम गर्न पाएको अवस्थामा आफ्नो सपना पूरा हुने उनको विश्वास छ।

‘खेसारीलालसँग अभिनय गर्ने मौका पायो भने भाग्यमानी ठान्छु। नेपालको नाम रोशन गर्ने सपना देख्न थालेको छु,’ उनले भनिन्।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: