Thursday, April 18, 2024
spot_img
Homeजीवनशैलीनदी प्रदुषणमुक्त बनाउन सडकमा धर्ना

नदी प्रदुषणमुक्त बनाउन सडकमा धर्ना

वीरगन्ज : वीरगन्जको लाईफलाईनकारुपमा रहेको सिर्सिया नदीलाई प्रदुषण मुक्त बनाउन माग गर्दै आइतबारदेखि फेरि सामाजिक अभियन्ताहरु सडकमा उत्रिएका छन्। सरिसवा नदी एंव वीरगन्ज प्रदुषणमुक्त अभियान नामक समूहको अगुवाइमा अभियन्ताहरु घण्टाघरमा आइतबारदेखि धर्नामा बसेका हुन्।  

झण्डै ३ दशकदेखि अतिक्रमण र प्रदुषणको चपेटामा परेको सिर्सिया नदीलाई स्वच्छ र सफा बनाउनका लागि अभियानले तीन वर्षयता देखि पटकपटक दबाबमुलक कार्यक्रम गर्दै आइरहेको छ। तर सिर्सिया नदी, अतिक्रमण र प्रदुषणमुक्त भने हुन सकेको छैन। बरु उल्टै सरिसवा नदी झनझन अतिक्रमित र प्रदुषित बन्दै गइ रहेको छ। 

जिल्ला प्रशासन कार्यालय, वीरगन्ज महानगरपालिका र यस क्षेत्रका उद्योगहरुले नदीको प्रदुषणबारे चासो नदीएका कारण सिर्सिया नदीको दुरावस्था जस्ताको त्यस्तै छ। सरोकारवाला निकायलाई झक्झक्याउन आइतबारदेखि फेरि दुई दिने धर्ना कार्यक्रम सुरु गरिएको अभियानका संयोजक अधिवक्ता सुरेन्द्र कुर्मीले बताए। 

आइतबार र सोमबार दुई दिन बिहान १० देखि साँझ ५ बजे सम्म धर्नामा बस्ने उनले बताए। कुर्मीले भने,‘यसपाली हामी निर्णायक आन्दोलनमा छौ, दुई दिनको धर्नाले पनि हाम्रो आवाज सुनिएन भने हामी अब यहीँ घण्टाघरमा आमरण अनशनमै बस्ने तयारीमा पनि छौ। 

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: