Monday, February 26, 2024
spot_img
Homeजीवनशैलीबिहिवार सार्वजनीक विदा

बिहिवार सार्वजनीक विदा

वीरगञ्ज, १८ फाल्गुन ।  बिहिवार सार्वजनीक विदा हुने भएको छ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा गृह मन्त्रालयले बुधवार प्रेस विज्ञप्ती जारी गर्दै बिहीबार बिदा हुने जानकारी गराएको हो । 

गृहमन्त्रीको निजी स्वकीय सचिव नरेन्द्र केसीले मन्त्रीस्तरीय निर्णयबाट बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको बताए । सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ । ​

ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातिले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् ।  

नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गरेका छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: