Thursday, April 18, 2024
spot_img
Homeफिचरयुवा नेता सन्जु छतकुलीको अगुवाईमा २ सय भन्दा बढिले एमालेमा प्रवेश गरे

युवा नेता सन्जु छतकुलीको अगुवाईमा २ सय भन्दा बढिले एमालेमा प्रवेश गरे


वीरगन्ज,१८ फागुन /

नेकपा एमाले पार्टीमा अहिले देशव्यापी रुपमा विभिन्न पार्टी परित्याग गरेर प्रवेश गर्नेहरुकोे लहर नै चलेको छ ।
दिनंहु एमालेको केन्द्र देखि जिल्ला सम्म पार्टी प्रवेश गराउनमा नेताहरु व्यस्त नै छन ।
बुधबार वीरगन्जमा आयोजित एक कार्यक्रममा बिच २ सय भन्दा बढि जनाले नेकपा एमालेमा प्रवेश गरेका छन ।वीरगन्ज महानगरपालिका १७ अलौका युवा नेता सन्जु छतकुलीको अगुवाईमा २ सय भन्दा बढि जनाले एमालेमा प्रवेश गरेका हुन ।

गत २०७४ सालको स्थानीय निर्वाचनमा जसपाबाट वीरगन्ज महानगरपालिका १७ का वडा अध्यक्षमा चुनाव लडेका छतकुली एमाले रोजेका हुन ।
पार्टी प्रवेश गर्दै नेता छतकुलीले एमाले जिताउनका लागी आफुहरुले सहयोग गर्ने विश्वास दिलाए । उनले पार्टीले योग्य ठानेर वडाअध्यक्षमा टिकट दिए लड्ने घोषणा गरे ।
होटेल रोयल पार्टीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य प्रभु हजरा ,निर्मला देवकोटा , राजकुमार गुप्ता , नेताहरु विचारी यादव , विश्म्भर शर्मा ,बसरुदिन अंसारी ,राजेशमान सिंह ,मुकेश द्धिवेदी ,अनुप तिवारी , संजीव मिश्रा , श्याम बन्जारा लगायतकाहरुको सहभागीता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: