Friday, March 1, 2024
spot_img
Homeजीवनशैलीमन्जुर अंसारी बोल्न नजानेपछि आलोचित हुदै , दाईजोमा केटीएम ड्यूक बाइक लिन...

मन्जुर अंसारी बोल्न नजानेपछि आलोचित हुदै , दाईजोमा केटीएम ड्यूक बाइक लिन आग्रह


वीरगन्ज,१८ फागुन /

जनता समाजवादी पार्टी पर्साका विवादित अध्यक्ष भन्न रुचाउने मधेस प्रदेशका प्रदेश सभा सदस्य अब्दुल रहिम अंसारी मन्जुर अंसारी बोल्न नजानेपछि आलोचित हुन पुगेका छन ।

प्रदेश सभा सदस्य मन्जुर केहि दिन अगाडी काठमांडौमा दलबलका साथमा केटीएम ड्यूक बाइकको शो रूम उद्घाटन गरे ।

उद्घाटन पश्चात उनले दाईजो दिनका लागी भएपनि केटीएम ड्यूक बाइक खरीद गर्न बोलेको भिडियोले आलोचित हुन पुगेका छन । उनको अहिले यो भिडियो टिकटक र फेसबुकमा भाईरल भईरहेको छ ।

उनले तराईमा दहेज प्रथा रहेकोले अब युवाहरू पल्सर छोडेर केटीएम ड्यूक बाइक लिन सार्वजनिक रुपमा आग्रह गरेका छन ।

दाईजो प्रथा अन्तय गर्नका लागी बहश चलिरहेको बेला मन्जुरले केटीएम ड्यूक बाइक कै लागी दाईजो प्रथा बढाउन बताएका छन । केटीएम ड्यूक बाइकको मुल्य पल्सर बाइक भन्दा दोब्बर रहेको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: