Sunday, March 3, 2024
spot_img
Homeफिचरसर्लाहीबाट १० किलो गाँजासहित तीन भारतीय पक्राउ

सर्लाहीबाट १० किलो गाँजासहित तीन भारतीय पक्राउ

वीरगन्ज १८ ,फागुन । सर्लाही प्रहरीले लागूऔषध गाँजासहित तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार सितामढी जिल्ला राजा प्रसोनी ग्राम पञ्चायत-१ बस्‍ने २३ वर्षीय साकिर, सोही ठाउँका वडा नम्बर ९ बस्ने ३५ वर्षीय नुर महमद राई र शिवहर ग्राम पञ्चायत सलिमपुर वडा-१३ बस्ने २० बर्षीय नसु आलम रहेका छन् ।

मलगंवा नगरपालिका-८ मा चेकजाँचका क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको ना.२ ह १५६७ नम्बरको टेम्पोबाट १० किलो गाँजासहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: