Thursday, April 18, 2024
spot_img
Homeफिचरकाङग्रेस पर्सा सभापतिका लागि क्षेत्री र पटेल बीच प्रतिस्पर्धा

काङग्रेस पर्सा सभापतिका लागि क्षेत्री र पटेल बीच प्रतिस्पर्धा

वीरगन्ज  :  नेपाली काङग्रेसको पर्सा जिल्ला सभापतिका लागि दुई जना बीच प्रतिस्पर्धा हुने भएको छ। कांग्रेस जिल्ला सभापतिका लागि जिल्ला विकास समितिका पूर्वसभापति जनार्दनसिंह क्षेत्री र कांग्रेसका निवर्तमान जिल्ला सचिव श्याम पटेलबीच प्रतिस्पर्धा हुने भएको हो।
जिल्ला सभापतिका लागि पटेल र क्षेत्रीको उम्मेदवारी परेको निर्वाचन अधिकृत नरेन्द्र केसीले जानकारी दिनु भयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधेश प्रदेशका कमाण्डर रमेश रिजाल, पूर्व मंत्री पूर्व केन्द्रीय सदस्य सुरेन्द्र चौधरी , केन्द्रीय सदस्य अजय कुमार चौरसिया, संबिधान सभा सदस्य अनिल रुङटा लगायतका नेताहरुको सर्मथन क्षेत्रीलाई छ ।

गतिशिल नेताको छवी भएका नेता क्षेत्री पर्सा क्षेत्र नं ३ का हुन । पार्टीका जिल्ला सभापति अजय द्विवेदी र संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यको समर्थन पटेललाई छ । शान्त र शालिन स्वभापका पटेल क्षेत्र न. २ का हुन । दुबै नेता बिद्यार्थी राजनीतिबाट आएका हुन ।

क्षेत्री ठाकुरराम बहुमुखी क्याम्पसमा पंचायतकालमै स्ववियु सभापति भएका हुन भने पटेल प्रजातन्त्र आइसकेपछि स्वबियु उपसभपति भएका बिद्यार्थी नेता हुन ।

पटेलको प्यानलबाट उपसभापतिमा राजु गुप्ता र डाक्टर कृपासिन्धु चौधरी, सचिवमा विश्वराज घिमिरे र वीरेन्द्र यादव, सहसचिवमा दिलिपराज कार्की र रुक्मान अन्सारीले उम्मेदवारी दिएका छन् ।

क्षेत्रीको प्यानलबाट जिल्ला उपसभापतिमा रामनारायणप्रसाद कुर्मी र अशोककुमार गुप्ता, सचिवमा दिनेश चौधरी र इम्तियाज आलम, सहसचिवमा नविन सिंह र मदनप्रसाद यादवको उम्मेदवारी परेको छ । फाल्गुण १९ मा हुने मतदानमा १ हजार ८ सय मतदाता सहभागी हुनेछन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: