Saturday, February 24, 2024
spot_img
Homeफिचरबारामा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

बारामा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

वीरगञ्ज,१८ फागुन । बारामा मंगलबार साँझ मोटरसाइकलको ठक्करबाट घाइते भएकी वृद्धाको मृत्यु भएको छ । बारा कोल्हबी नगरपालिका ६ अधन्वा बस्ने करिब ८३ वर्षीया भोलिया देवी थरुनीको मृत्यु भएको हो ।

मंगलबार साँझ ७ बजे पैदल हिँडिरहेको बेलामा ना६४प ७२४ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते उनलाई उपचारका लागि वीरगञ्जस्थित सुर्या अस्पतालमा ल्याइएको थियो ।

उनलाई राति १० बजे अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

ठक्कर दिने मोटरसाइकल भोलिया देवीको घरमा रहेको र मोटरसाइकल चालक बारा कोल्हबी नगरपालिका – ८ का २५ वर्षीय बशिष्ठ चौधरी वडा प्रहरी कार्यालय विर्ता, वीरगञ्जको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: