Thursday, June 13, 2024
spot_img
Homeजीवनशैलीभिस्वा नाका - प्रहरी कै मिलोमतोमा तस्करी , किन हुदैन कारवाही ?

भिस्वा नाका – प्रहरी कै मिलोमतोमा तस्करी , किन हुदैन कारवाही ?

वीरगन्ज ,१५ फागुन /
सीमा सुरक्षा, तस्करी र अवैध क्रिायकलाप नियन्त्रण गर्न खटिएका प्रहरीकै मिलोमतोमा सरसामान तस्करी कार्य भइरहेको पाइएको छ । भारतीय सीमानाकासँग जोडिएको पर्साका ग्रामीण भेगहरुमा प्रहरी अधिकारीले सामान ल्याउने तस्करहरुसँग सेटिङ मिलाएर भन्सार छली ल्याउने सरसामान ओसारपसारमा रकम लिएर सहयोग गर्ने गरेको खुलेको हो ।
जिल्लाको ग्रामिण नाका भिस्वाबाट नेपाल प्रहरी कै मिलोमतोमा तस्करी फस्टाएको स्थानीयहरुले बताएका छन । पर्साको छिपहरमाई गाउपालिका अन्र्तगत पर्ने सिमा प्रहरी चौकी भिस्वाको मिलोमतोमा तस्करीलाई निरन्तरता दिईएको उनीहरुले बताएका हुन ।

स्थानीयका अनुसार भिस्वा नाका भएर मटर, मरिच, केराउ, छोकडा, पेस्ट, सौन्र्दय सामाग्री, कबाड, गिट्टि, बालुवाको भारत तर्फ तस्करी भईरहेको छ । सिमा प्रहरी चौकी भिस्वाको मिलोमतोमा सीमापारिको बजार सिक्टाबाट व्यापारीहरुले खाने तेल, मसला, किसाना सामान, ग्यास तथा इलेक्ट्रोनिक सामान ल्याउने गरे पनि सुरक्षामा खटिएका प्रहरी जवान तथा अधिकारी उनीहरुलाई बिनाकुनै जाँच नेपाल भित्रने अनुमति दिइरहेका छन् ।

यस्तै भिस्वा नाका भएर मटर, मरिच, केराउ, छोकडा, पेस्ट, सौन्र्दय सामाग्री, कबाड, गिट्टि, बालुवाको भारत तर्फ तस्करी भईरहेको छ । सुनसान स्थानमा रहेको सीमानाकामा मोटरसाइकल, साइकल र पैदल सामान ओसारपसार गर्नेहरुको भीड हुने गरेको छ । तस्करहरुले एक दर्जन भन्दा बढि महिला तथा पुरुषहरुलाई प्रयोग गरेर मटर, मरिच, र छोकडा, नेपालमा बनेको फेयर एण्ड लबली, पेस्ट लगायतका सामान प्रहरी चौकी भिस्वाको अगाडी बाट नै प्रहरीको मिलोमतोमा भारतको सिक्टा बजार सम्म पु¥याउने गरेका छन ।

तस्करी गराउने प्रहरीलाई किन हुदैन कारवाही ?

सीमा सुरक्षा, तस्करी र अवैध क्रिायकलाप नियन्त्रण गर्न सपथ खाएका प्रहरीले खुल्ला रुपमा तस्करी गराएपनि प्रहरी संगठन बेखबर भएको छ । प्रहरी चौकी भिस्वाका सई प्रहरी नायव निरिक्षक जिवन सुवेदी प्रहरीको आचरण र मर्यादा विपरीत तस्करी खुलाएपनि प्रहरी संगठन वेवास्ता गर्दै आएको छ । स्रोतका अनुसार प्रहरी नायब निरिक्षक सुवेदी लाखौको महिनावारी बुझाएपछि तस्करीको लाईन पुर्ण रुपले खोलेका छन । सिमा प्रहरी चौकी भिस्वाको मिलोमतोमा सीमापारिको बजार सिक्टाबाट प्रहरीहरुले तस्कहरुको आर्थिक प्रलोभनमा परि देशको राजश्व चुहावट गर्नेहरु संग साँठगाठ गरी आफनो संगठनको मर्यादा विपरित कार्य गर्दा कसैले चाँसो नलिएको पाएको छ । भिस्वा प्रहरी चौकीका सई सुवेदी नेपालबाट भारत तर्फ गिट्टि र बालुवाको ओसार पोसार गर्ने तस्करहरु संग पनि, प्रति ट्रेक्टर एक हजारका दरले लिने गरी लाईन दिने गरेका छन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: