Monday, February 26, 2024
spot_img
Homeखेलखुदवीरगन्जमा महिला गोल्डकप फुटबल प्रतियोगिता हुने

वीरगन्जमा महिला गोल्डकप फुटबल प्रतियोगिता हुने

वीरगन्ज,१३ फागुन /
वीरगन्जमा अगामी चैत २ गतेदेखि पहिलो पटक महिला गोल्डकप फुटबल प्रतियोगिता संचालन हुने भएको छ । वीरगन्ज युथ एकेडमीको आयोजनामा पहिलो पटक महिला गोल्डकप फुटबल प्रतियोगिता संचालन हुने भएको हो ।
शुक्रबार आयोजकले पत्रकार सम्मेलनको आयोजना गर्दै ७ दिन सम्म चल्ने फुटबल प्रतियोगितामा भारत र नेपालका ८ वटा टिम सहभागी हुने आयोजक क्लबका सचिव रितु शाक्यले जानकारी दिए ।
प्रतियोगितामा भारतको दुई वटा र मधेश प्रदेशको पाँच वटा र बाग्मति प्रदेशको एक वटा महिला फुटबल टिम सहभागी हुने गरी तयारी भएको छ ।
उनका अनुसार पुरुष मात्र नभई महिला फुटबल खेलाडी उत्पादन गर्ने उद्येश्यका साथ यो प्रतियोगिता संचालन गर्न थालिएको बताए ।
कोरोना संक्रमणका कारण लामो समय रोकिएको खेलकुदलाई चल्यामान बनाउनका लागी प्रतियोगिता आयोजना गरीएको शाक्यले बताए ।
फुटबल प्रतियोगितामा विजेता हुने टिमले नगद ३० हजार ,प्रमाणपत्र र ट्रफि र उपविजेता हुने टिमले नगद १५ हजार, प्रमाणपत्र र ट्रफि पाउने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा नेपाल खेलकुद महासंघका उपाध्यक्ष मानदेव हजरा ,खेलाडीहरु ललित थापा ,लखन चौधरी ,प्रशिक्षक गृष्म शाक्य ,विभु भटट्राई ,दिपक तिवारी ,चक्रधारी चौधरी ,सरस्वती चौधरी , हेमन्त चौरसीया लगायतकाहरुको सहभागीता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: