Saturday, February 24, 2024
spot_img
Homeफिचरअखिल नेपाल पिछडावर्ग ओबिसी महासंघ बाराको जिल्ला कमिटि विस्तार कार्यक्रम सम्पन्न

अखिल नेपाल पिछडावर्ग ओबिसी महासंघ बाराको जिल्ला कमिटि विस्तार कार्यक्रम सम्पन्न


वीरगन्ज,१३ फागुन /
नेकपा एमाले निकट अखिल नेपाल पिछडावर्ग ओबिसी महासंघ बाराको जिल्ला कमिटि विस्तार कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार प्रसौनी बजारमा अखिल नेपाल पिछडावर्ग ओबिसी महासंघ बारा जिल्ला कमिटि विस्तार कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला कमिटि विस्तार कार्यक्रम बोल्दै नेताहरुले अखिल नेपाल पिछडावर्ग ओबिसी महासंघ नेकपा एमालेको सहयोगी कमिटि भएको र यसले पार्टीलाई मजबुत बनाउने काम गर्ने बताएका थिए । उनीहरुले पार्टीको मुल कमिटि मात्र पार्टीलाई बलियो बनाउन नसक्ने भएकाले भातृ संगठनहरुले पनि विभिन्न काम गर्दै गईरहेको बताएका हुन ।
जिल्ला विस्तार भेलाले अध्यक्षमा ध्रुप राउत अहिर रह्ने गरी जिल्ला भेला तयारी समिति गठन गरेको छ । जसको ,उपाध्यक्षमा गीता साह ,सचिवमा नरेश महतो ,सहसचिवमा ललिन्द्र पटेल ,सहसचिवमा बिकाश कुशवाहा सहितको ७ सदस्यीय जिल्ला भेला तयारी समिति गठन गरेको हो ।
जिल्ला कमिटि विस्तार कार्यक्रममा अखिल नेपाल पिछडावर्ग ओबिसी महासंघका केन्द्रिय सदस्य शंकर यादवको अध्यक्ष्तमा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य महम्द समिर ,नेकपा एमाले बाराका अध्यक्ष विनोद साह ,जिल्ला सचिव अध्यानन्द पाण्डे ,प्रदेश कमिटि सदस्य रामपाल यादव ,अमर यादव ,अखिल नेपाल पिछडावर्ग ओबिसी महासंघका केन्द्रिय अध्यक्ष तेजप्रकाश निषाद ,उपाध्यक्ष अकलेश साह ,गायत्री यादव ,उपहासचिव धनराज गुप्ता ,नेकपा एमाले प्रसौनी गाँउपालिकाका अध्यक्ष विनोद पटेल , अखिल नेपाल पिछडावर्ग ओबिसी महासंघ पर्साका सचिव भगवानलाल पटेल, प्रेस चौतारीका सदस्य तिवारी यादव लगायतकाहरुले मन्तव्य राखेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: