Monday, February 26, 2024
spot_img
Homeफिचरकालिकामाई गाउपालिकाबाट गिरी आउट पुनः बहाली पछि जयचन्द्र साहको स्वागत

कालिकामाई गाउपालिकाबाट गिरी आउट पुनः बहाली पछि जयचन्द्र साहको स्वागत

वीरगन्ज ,१२ फागुन /
जनप्रतिनिधिलाई थाहै नदिई हाजिर भएका प्रमुख प्रशासकिय अधिकृत अमित गिरि कालिकामाई गाउपालिकाबाट आउट भएका छन । सोमबार हाजिर भएका गिरीको बुधवार सरूवा भएको हो । संघिय मामिला तथा समान्य प्रशासन मंत्रालयले गाउपालिकामा विगत १४ महिना देखि नियमित कार्यसंचालन गर्दै आएका प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहलाई नै कालिकामाई गाउपालिकामा पठाएको हो । बुधवार गिरीको सरूवा पछि विहिवार जयचन्द्र साहले पुनः कालिकामाई गाउपालिकामा कार्यभार संभालेका छन । विहिवार पालिकाको परिसरमा साहलाई स्थानिय तथा जनप्रतिनिधिले गाजा बाजाका साथ भव्य स्वागत गरेका थिए । सो अवसरमा पालिकाका कार्यवाहक अध्यक्ष राजेश चौरसियाले कालिकामाई गाउपालिकाको नियमित संचालन हुँदै आएको कार्यलाई बाधित गर्ने उदेश्यले सडयंत्रपूर्वक २४ घण्टे हाकिमको रूपमा आएको तर कालिकामाई गाउपालिकाका जनप्रतिनिधि बिचको एकताका कारण उनको सडयंत्र सफल नभएको बताउनु भयो । फरक दल र विचारबाट प्रतिनिधित्व गरेपनि सुशासितरूपमा पालिका संचालनको मुद्दामा सबै जनप्रतिनिधि एकजुट रहेको बताए । सो अवसरमा वडा अध्यक्षहरू पवन तिवारी , हरिओम साह, संजय पटेल, सोनालाल चौरसिया, रामअषिश यादव लगायत कर्मचारी तथा स्थानियको सहभागिता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: