Friday, March 1, 2024
spot_img
Homeफिचर३ हजारको विद्युत् मिटरलाई १२ हजार लिइँदै

३ हजारको विद्युत् मिटरलाई १२ हजार लिइँदै

वीरगन्ज,११ फागुन /नेपाल विद्युत् प्राधिकरण, वीरगंज वितरण केन्द्रमा मिटर अभावको विषयलाई लिएर कर्मचारीहरूले अनियमितता गरिरहेका छन् ।

विगत केही महीनादेखि वितरण केन्द्रमा मिटरको अभाव छ । यसैको फाइदा उठाएर कर्मचारीहरूले बढी रकम दिनेहरूलाई मिटर दिने र तोकिएको मिटरको शुल्क तिरेर लिन खोज्नेहरूलाई अलमल्याउँदै आएका छन् ।

केन्द्रमा अहिले चार हजार पाँच सय नयाँ मिटरको माग छ । केन्द्रले यसका लागि टेन्डर आह्वान गरेको र सबै प्रक्रिया पूरा भएर मिटर वितरणको लागि तीन महीना अझै समय लाग्ने केन्द्रका कर्मचारी सीताराम साहले बताए । तर यसको फाइदा उठाएर कर्मचारीहरूले सेवाग्राहीसँग लूट मचाएका छन् ।

प्रतिमिटर रु ३ हजार शुल्क लाग्ने भएपनि अहिले रु १२ हजार लिएर मिटर जडान कार्य भइरहेको छ । १२ हजार दिनेलाई सहजरूपमा मिटर जडान भइरहेको स्रोतले जनाएको छ । नौ हजार कर्मचारीहरूले राख्ने र तीन हजार राजस्व दाखिला गरेर अहिले विद्युत् प्राधिकरणमा मिटरको नाममा लूट मचाइएको छ ।

एकजना सेवाग्राहीले परल शुल्कमा मिटर जडान गराउनको लागि तीन महीनादेखि विद्युत् प्राधिकरण धाउँदै आएको बताए । उनले आफूसँग नौ हजार अतिरिक्त रकम माग गरेको र सो नदिंदा तीन महीनादेखि मिटर उपलब्ध नगराइएको बताए । मिटरको मूल्यभन्दा नौ हजार बढी दिनेलाई मिटर उपलब्ध हुँदै आएको उनले आरोप लगाएका छन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: