Saturday, February 24, 2024
spot_img
Homeफिचरइप्रका, सुपौलीको सेवा बन्द

इप्रका, सुपौलीको सेवा बन्द

वीरगन्ज,११ फागुन /

इलाका प्रशासन कार्यालय, सुपौलीले सेवाप्रवाह बन्द गरेको छ । कार्यालय प्रमुख एघार महीनादेखि कार्यालयमा हाजिर नहुँदा त्यहाँका सम्पूर्ण सेवा जिल्ला प्रशासन कार्यालय, पर्सा, वीरगंजमा लगिएको छ ।

जगरनाथपुर गाउँपालिका–२ जानकीटोलाका शिक्षक बादशाह साहले इप्रका, सुपौलीबाट सेवाप्रवाह नहुँदा समस्या झेल्नुपरेको बताए । गाउँमा सेवाप्रवाह हुँदा कम खर्चमा काम हुने गरेको उनको भनाइ छ ।

गाउँका गरीब नागरिकलाई इप्रका, सुपौलीबाट सेवा लिंदा सोधपूछ गर्न सजिलो भएको जीराभवानी गाउँपालिका–२ सेढवाका रामअयोध्या दासले बताए । उनले वीरगंजमा काम गराउन जाँदा एकजना जान्ने–बुझ्ने मान्छे लैजानुपर्ने बाध्यता रहेको बताए ।

पुस १८ गतेदेखि इप्रका, सुपौलीको सम्पूर्ण सेवा जिल्लामा लगिएको थियो । हाल कार्यालयमा एकजना मात्र कर्मचारी छन् । अन्य करारका कर्मचारीहरूलाई जिल्ला प्रशासन कार्यालय, पर्सामा खटाइएको छ ।

यहाँबाट नागरिकता, सिफारिश, समावेशीको प्रमाणितलगायत सेवा प्रदान हुँदै आएको थियो । ठोरी, जीराभवानी, पटेर्वासुगौली र जगरनाथपुर गापाका बासिन्दाहरूको लागि सेवा प्रदान गर्न २०७४ सालमा यो कार्यालयको स्थापना गरिएको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: