Friday, March 1, 2024
spot_img
Homeजीवनशैलीनेपाल खेलकुद महासंघले केपी ओलीको जन्मदिवस मनाउने

नेपाल खेलकुद महासंघले केपी ओलीको जन्मदिवस मनाउने


वीरगन्ज,११ फागुन /

नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार परेको ७१ औ जन्मदिवस मनाउने तयारी गरीएको छ ।

नेपाल खेलकुद महासंघ पर्साको आयोजनामा बुधबार घण्टाघर चोकमा जन्मदिवस मनाउने तयारी गरीएको हो ।

नेपाल खेलकुद महासंघ पर्साको बुधबार बसेको आक्सिमक बैठकले केपी ओलीको जन्मदिवस मनाउने निर्णय भएको नेपाल खेलकुद महासंघ पर्साका सचिव सन्दिप बस्नेतले जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा नेपाली जनताको आशा र भरोसाको केन्द्रविन्दु, समृद्ध नेपाल सुखी नेपालीको अभिभावक भएकै कारण साझँ ६ बजे जन्मदिवस मनाउन थालिएको बस्नेतले बताए ।

बैठकमा नेपाल खेलकुद महासंघका उपाध्यक्ष मानदेव हाजरा , उपमहासचिव विमल पौडेल,केन्द्रिय सदस्य अकलेश साह ,जिल्ला अध्यक्ष मनोज साह नेताहरु रितु शाक्य , कुनाल पटेल लगायतका नेताहरु सहभागी थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: