Thursday, June 13, 2024
spot_img
Homeफिचरएमसिसि परियोजनाको बिरोधमा फागुन ७ मा वीरगन्जमा विरोध प्रदर्शन

एमसिसि परियोजनाको बिरोधमा फागुन ७ मा वीरगन्जमा विरोध प्रदर्शन


वीरगन्ज,६ फागुन /
संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले एमसिसि परियोजनाको बिरोधमा फागुन ७ मा विरोध प्रदर्शन गर्ने भएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा वीरगन्जमा एमसिसि परियोजनाको बिरोधमा संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले प्रदर्शन गर्ने भएको हो ।
संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा जिल्ला कार्यसमिति पर्साले वीरगन्जमा पत्रकार सम्मलेनको आयोजना गर्दै प्रजातन्त्र दिवस कै दिन एमसिसि परियोजनाको बिरोधमा प्रदर्शन गर्ने जनाएको छ ।
पत्रकार सम्मेलनमा सम्बोधन गर्दै संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष तारानाथ लुईटेलले एमसिसि परियोजना नेपालको हित बिपरीत रहेको भन्दै खारेजी हुनु पर्ने बताए ।
मुलुकमा व्याप्त भ्रष्टाचार न्यूनिकरण गर्न सके देशको विकासका लागि बिदेशीको मुख ताक्नुपर्ने अवस्था नआउने भन्दै उहाँले एमसिसि परियोजना खारेज गरेर भ्रष्टाचार नियन्त्रण गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।
एमसिसि परियोजना कार्यान्वयनमा आए मुलुकको राष्ट्रियता र स्वाधीनतामा गम्भीर असर पर्ने भन्दै उहाँले एमसिसि परियोजना खारेज नभएसम्म आम जनसमुदायले खबरदारी जारी राख्नुपर्ने आवश्यकता औल्याए ।
एमसिसि कुनै पनि हालतमा संसदबाट पारित गर्न नहुने भन्दै त्यसको बिरोधमा मोर्चाले देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिएका थिए ।
संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा पर्साका अध्यक्ष शम्भु चौरसीयाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा संयुतm राष्ट्रिय जनआन्दोलन मोर्चाका सहअध्यक्ष विष्णु भटट्राई,प्रवक्ता सृजना वाग्ले,संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका केशवराज ढुगांना ,शोभराम थापा ,अजय पौडेल लगायतकाले बोलेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: