Thursday, June 13, 2024
spot_img
Homeफिचरचन्द्रमानले घर झगडा लगाउन थाले, बदमासी गर्दै निषेधाज्ञा लगाउंदै

चन्द्रमानले घर झगडा लगाउन थाले, बदमासी गर्दै निषेधाज्ञा लगाउंदै

भुक्तानी गर्दा पनि घर दिइएन, प्रशासनमा छलफल, समाजमा न्याय खोज्दै
वीरगञ्ज, ३ फागुन / मिटर ब्याजी ब्यबसायी चन्द्रमान जोशीको हर्कतका कारण उनका दिदी स्वर्गीय रमादेबी रघुबंशीका छोराहरु जोशीका भाञ्जा पुष्कर रघुबंशी र प्रकाश रघुबंशी बिल्लीबाठ बनेको छन् भने उनको हर्कत अबिलम्ब नरोकिएका घर न घाटको हुने सम्भावना बढेर गएको छ । घटना बिवरण अनुसार पुष्कर रघु्बंशी, चन्द्रमान जोशी र सञ्जय थापाले संयुक्त रुपमा २०६५ सालको माघ महिनामा लाठगल्लीमा रहेको निलम देवी गुप्ताको ११ धुर जग्गामा बनेको घर करिब १ करोड चालिस लाखमा कुमारी बैंकमा रहेको निलम देबीको लोन चुक्ता गरी बा“की रकम दिएका थिए । दुर्भाग्य तर रकम दिएपनि विश्वासको आधारमा रघुवंशीले आफ्नो मामाबाट कुनै बेइमानी हुनै सक्दैन भनेर आफुले दिएको रकम बापत पाउनुपर्ने हिस्सा पनि मामा चन्द्रमानकै श्रीमती अर्थात माइजु गायत्री देबीको नाममा गरिदिए । जबकी मामा जोशीले त्यसबापत पछि घर जग्गा नामसारी गरिदिने भन्दै बिश्वास दिलाएका थिए तर पनि कार्यान्वयन नभएपछि अहिले मामा भाञ्जाको व्यवहारीक रुपमा साझेदारीमा रहेको घर जग्गाका भोगाधीकार गराइदिन भाञ्जा पुष्कर रघुबंशीले जिल्ला प्रशासन कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्, तैपनि बारम्बार पञ्चायती भयो न्याय नपाएको गुनासो भने रघुबंशीले गरिरहेका छन् । बेला बखत जोशीसंग आफ्नो गर्जो टार्न रघुबंशीले सापट बापत रकम लिने गरेको भएपनि त्यसको समेत सबै साँवा ब्याज चु्क्ता अदालतमा गरे अब बाँकी रहेको हिस्सा बापत घर आफ्नो नाममा गर्न आग्रह गर्दा अनावश्यक विवाद र्सजना गरेको गुनासो उनको छ । अझै एक पटक तर आफ्नै मामा संग आफुले १७ लाख रकम सापटी लिए त्यसको समेत ४० लाखको कागज गराइ रकम लिएको दुखेसो समेत पोखे । उता आफुले घर किन्दा तत्काल वीरगञ्जका साथीभाइसंग लिएका सापटको कैयौं गुना ब्याज समेत तिरि लोभमा परें तर घर अझै आफ्नो नाममा नगरेर मामाले भाञ्जालाई उल्टै मुद्दा हालेको गुनासो समेत गरे । आदर्शनगरको लाठ गल्लीमा रहेको भवन खरीद गर्दा भएको सहमति अनुसार तीन जनाको नाममा हुनुपर्नेमा अझै नगरेर उल्टै प्रहरी प्रशासनले पक्राउ नगरोस भनेर निषेधाज्ञाको मुद्दा अदालतमा हालेर झन आफुलाई तनाव दिने काम गरेको समेत उनलृे बताए । अझै आफ्नो दिदी बहिनीलाई हजुरवुवा हजुरआमाले दिएको पैतृक सम्पतिमा समेत मामाले गिद्दे दृष्टी लगाएर हक खानेहरुको समेत बिल्लीबाठ बनाएको आरोप समेत रघुबंशीले लगाए । उनका अनुसार अचेल दैनिक जसो बिभिन्न नाता गोता र घर परिवारालाई समेत अनवश्यक कुरा बताएर झगडा लगाउन थालेपनि यसको असली रुप सबैले बुझीसकेको र अव समाजीक न्यायको लागि पनि अघि बढ्ने कुरा समेत बताए । यस घटनाको बारेमा चन्दैमान जोशीसंग सम्पर्क राख्दा यो सबै फटाइगिरी र सरासर गलत हा उस्लाई कुनै हिस्सा दिनुपर्ने छैन कोही पनि भ्रममा पर्न आवश्यक छैन भन्नुभयो । उनले आफु रघुबंशीका परिवार एलं दिदी बहिनी ज्याईहरु सबै आफ्नो परिवारसँग मात्र कुरा गर्न तयार रहेको समेत बताउनुभयो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: