Thursday, June 13, 2024
spot_img
Homeफिचरसंसद‍्लाई भेन्टिलेटरमा राखिएको छ -ओली

संसद‍्लाई भेन्टिलेटरमा राखिएको छ -ओली


वीरगन्ज,२८ माघ /

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसद‍्लाई निष्प्रभावी बनाएर राखेको आरोप लगाएका छन् ।

आइतबार नेकपा एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले आफूहरू संसद‍्मा प्रतिपक्षीको प्रभावकारी भूमिका निर्वाह गर्न इच्छुक रहेको तर, सरकारले संसद‍् चलाउने वातावरण नबनाएको टिप्पणी गरे ।

‘संसद भेन्टिलेटरमा छ, जिउँदै छैन भनौं भने जिउँदै छ । ताजा जनादेश लिन प्रतिगमन हुन्छ भन्ने गठबन्धनकारी छन्, अग्रगमनकारी संसद निरर्थक बनाएर राखिएको छ’ उनले भने ।

गत भदौदेखि नेकपा एमालेले संसद‍् बैठक लगातार अवरोध गर्दै आएको छ । अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको र एमालेप्रति पूर्वाग्रही भएको बताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: