Thursday, May 30, 2024
spot_img
Homeफिचरमधेसका चर्चित नेताले रोजे एमाले, अध्यक्ष ओलीद्धारा स्वागत

मधेसका चर्चित नेताले रोजे एमाले, अध्यक्ष ओलीद्धारा स्वागत


वीरगन्ज,२७ माघ /

जनता समाजवादी पार्टीका बारा जिल्लाका चर्चित नेता सुरेन्द्र ठाकुरसहित निर्वाचित जनप्रतिनिधिहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटस्थित निवासमै भेटेर जनप्रतिनिधिहरु सहित नेता ठाकुर एमाले प्रवेश गर्नुभएको हो । ठाकुरसँगै पचरौता नगरपालिका वडा नम्बर ५ बाट निर्वाचित वडाध्यक्ष लक्ष्मी यादवसहित १७ जना जसपाका नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ ।

प्रवेश गर्नेमा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसका पूर्वस्ववियू सभापति तथा कांग्रेस नेता जालान्धर सिंह पनि हुनुहुन्छ । अहिलेसम्म मधेस प्रदेशका धेरै प्रभावशाली व्यक्तिहरू एमाले प्रवेश गरेका छन । अध्यक्ष ओली फागुन दोस्रो साता पुनः मधेसमा पार्टी प्रवेश गराउने कार्यक्रम लिएर जाँदै हुनुहुन्छ ।

ठाकुरसहितका नेताहरुलाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्दै मधेशमा पनि एमाले पहिलो शक्ति बन्ने अभियानमा रहेको बताउनु भयो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: