Thursday, June 13, 2024
spot_img
Homeजीवनशैलीअर्निका प्रोसेसिङ्ग ईण्ड्रष्टिजको लापरावाही - प्रदुषित रसायनयुक्त पानी सिर्सिया नदीमा खसाउँदै

अर्निका प्रोसेसिङ्ग ईण्ड्रष्टिजको लापरावाही – प्रदुषित रसायनयुक्त पानी सिर्सिया नदीमा खसाउँदै


वीरगन्ज,२७ माघ /
औद्योगिक करिडोरमा रहेका उद्योगबाट निस्कने रसायनयुक्त पानीले सिर्सिया नदी प्रदुषित बनेको छ ।
बारा–पर्साको औद्योगिक करिडोरको वीरगन्ज महानरपालिका २१ लिपनीविर्तामा पर्ने अर्निका प्रोसेसिङ्ग ईण्ड्रष्टिज लिमिटेडले उद्योगबाट उत्सर्जित हुने प्रदुषित रसायनयुक्त पानी र फोहोर पदार्थ नदीमै उत्सर्जन हुँदै आएका कारण सिर्सिया नदी प्रदुषित भएको हो ।
अर्निका प्रोसेसिङ्ग ईण्ड्रष्टिज लिमिटेडले श्रीसिया नदिमा उद्योग भित्रको फोहोरजन्य समाग्री खसाएको स्थानीयबासीले बताएका छन ।
अर्निका प्रोसेसिङ्ग ईण्ड्रष्टिज लिमिटेडले श्रीसिया नदिलाई मासेर उद्योग भित्रको फोहोरजन्य समाग्री खसाउँदै आएको उनीहरुको भनाई छ ।
औद्योगिक कोरिडोरमा रहेका उक्त उद्योगबाट निस्कने रसायनयुक्त पानीसँगै नदीमा मिसिइँदा दुर्गन्धित बनेको छ ।
विगत लामो समयदेखि स्थानीयबासीको स्वास्थ्य संग खेलवाड गर्दै आएको अर्निकाले सिर्सिया नदीमा प्रदुषित पानी बगाएपछि नदी छेउका बासिन्दा तथा पशु चौपायामा समेत रोगको संक्रमण देखिने गरेको छ ।
तर अहिले नदी यति प्रदुषित र विषालु भइसकेको छ कि दुर्गन्धले नाक थुनेर हिँड्नु पर्छ, पानी खाएका चौपया बिरामी परेको स्थानीयबासीको भनाई छ ।
एक दशकदेखि आन्दोलन तर कुनै असर परेन
सिर्सिया नदीको प्रदुषण रोक्न माग गर्दै एक दशकयता विभिन्न संघसंस्था र अभियन्ताहरुले निरन्तर दवावमूलक कार्यक्रम गर्दै आइरहेका छन् ।
तर त्यो दवावको कुनै असर परेको छैन । नदीको प्रदुषण रोक्न माग गर्दै तीन महिनायता चरणबद्ध आन्दोलन गर्दै आएका सिर्सिया नदी एवं वीरगन्ज प्रदुषणमुक्त अभियानका अभियन्ताहरुले वीरगन्ज महानगर, जिल्ला प्रशासन कार्यालय र प्रधानमन्त्रीको कार्यालयमा लिखित रुपमै ज्ञापन पत्र पनि बुझाई सकेका छन् ।
सिर्सिया नदीको प्रदुषण रोक्न माग गर्दै अभियन्ताहरुले घण्टाघर चोकमा अभियान चलाएर संकलन गरेको १५ हजार हस्ताक्षर सहितको ज्ञापन पत्र पुस १३ गते पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालयमा पठाएका थिए ।

अर्निका प्रोसेसिङ्ग ईण्ड्रष्टिज लिमिटेडको प्रदुषित पानी नाला भएर नदिमा बग्दै ।
RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: