Thursday, June 13, 2024
spot_img
Homeफिचरवीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरष्कार गौतम र तिवारीलाई

वीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरष्कार गौतम र तिवारीलाई

वीरगन्ज,२२ माघ /
वीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरष्कार
२०७८ सालको नेपाल पत्रकार महासङ्ह पर्सा शाखाका अनुप तिवारीलाई प्रदान गरिने भएको छ ।

भने २०७७ सालको वीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरष्कार केपी गौतम र २०७८ सालको तिवारीलाई प्रदान गरिने भएको हो ।

प्रेस चौतारी नेपालको स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा श्रीधर आचार्यको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिको सिफारिसअनुसार २०७७ र २०७८ सालको पत्रकारिता पुरस्कार पाउनेहरूको नाम घोषणा गरिएको हो ।

यस्तै हृदयचन्द्र सिंह प्रधान पत्रकारिता पुरष्कार चौतारीका पूर्व अध्यक्षद्वय राजेन्द्र अर्याल र गगन विष्टलाई प्रदान गरिएको छ । अर्याललाई २०७७ र विष्टलाई २०७८ सालको पुरस्कार प्रदान गरिने भएको छ ।

अग्निशिखा पत्रकारिता पुरष्कार २०७७ सालको कृष्णविनोद लम्साल र २०७८ सालको झलक सुवेदी, डेकेन्द्र थापा पत्रकारिता पुरष्कार २०७७ सालको सागर पण्डित र २०७८ सालको हिरा परियारलाई प्रदान गरिने छ ।

पदमलक्ष्मी–सावित्री स्मृति पत्रकारिता पुरष्कार २०७७ सालको अब्दुल्ला मियाँ र २०७८ सालको शिवराज भट्टलाई तथा चन्द्र न्यौपाने–शान्तिराम कार्की पत्रकारिता पुरष्कार शान्ति गुरूङलाई प्रदान गरिने छ ।

आगामी फागुनमा पोखरामा हुने प्रेस चौतारीको महाधिवेशनमा पुरस्कार प्रदान गरिने प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: