test
Sunday, June 16, 2024
spot_img
Homeफिचरपिछडा वर्गले सरकार हल्याउने मूल्यवृद्धि फिर्ता गर्न मसाल प्रदर्शन

पिछडा वर्गले सरकार हल्याउने मूल्यवृद्धि फिर्ता गर्न मसाल प्रदर्शन


वीरगञ्ज, २१ माघ /

सरकारले पेट्रोलियम पदार्थको मुल्य अभिवृद्धि गरेपछि वीरगञ्जमा आज मसाल जुलुस प्रदर्शन भएको छ । नेकपा एमाले निकट अखिल नेपाल पिछडावर्ग ओबिसि महासंघको अगुवाईमा मसाल जुलुस प्रदर्शन भएको हो । अखिल नेपाल पिछडावर्ग ओबिसि महासंघ पर्साका अध्यक्ष प्रमोद महतोको अगुवाईमा निस्केको मसाल जुलुश नगरको घडिअर्वा पोखरी देखि घण्टाघर सम्म प्रर्दशन भएको थियो । मसाल जुलुशमा सहभागीहरुले स्थानीयतहको निर्वाचन घोषणा गर,मापसे सरकार मुर्दावाद, अपवित्र गठबन्धन खारेज गर, पेट्रोलियम पदार्थको मुल्य अभिवृद्धि फिर्ता, परमादेशी सरकार मुर्दावाद लगायतका नारा लगाएका थिए । मसाल जुलुशमा अखिल नेपाल पिछडावर्ग ओबिसि महासंघका केन्द्रिय उपाध्यक्ष अकलेश साह, उपमहासचिव धनराज गुप्ता, केन्द्रिय सदस्य राजेश सहनी, राजन साह, जिल्ला उपाध्यक्ष अरुण कुशवाहा, सहसचिव संदीप महतो, सदस्यहरु भोला यादव, राहुल पटेल, सन्तोष पटेल, शुशील दास लगायतका सहभागी थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments