Thursday, April 18, 2024
spot_img
Homeफिचरपरवानीपुर गाँउपालिका भित्रको शिक्षक भर्ना प्रक्रिया रोक्न एमालेको ज्ञापनपत्र

परवानीपुर गाँउपालिका भित्रको शिक्षक भर्ना प्रक्रिया रोक्न एमालेको ज्ञापनपत्र

वीरगन्ज,२० माघ /

बाराको परवानीपुर गाँउपालिका कार्यपालिकाले समय सक्ने बेला शिक्षक भर्ना गर्न आवेदन सार्वजनिक गरेपछि शिक्षक भर्ना रोक्न माग राख्दै ज्ञापनपत्र बुझाईएको छ ।

नेकपा एमाले परवानीपुर गाँउपालिका कमिटिले गाँउपालिका कार्यपालिकाका पदाधिकारीको समय सक्ने बेला गर्न थालिएको शिक्षक भर्ना प्रक्रिया तत्काल रोक्न माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।

गत माघ १० गते २३ जना शिक्षक भर्ना गर्न सुचना सार्वजनिक गरेर स्वार्थको राजनितिकरण भएको स्पष्ट भएपछि गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुनिल चौरसीयालाई ज्ञापनपत्र दिदै रोक्न माग गरेको नेकपा एमालेका नेता अमर यादवले जानकारी दिए ।

गाँउपालिकामा निर्वाचित सबै पदाधिकारीहरुको समय सक्ने बेला गाँउपालिकाको कार्यपालिकाले राजनितिक स्वार्थले अहिले अन्तिम समयमा शिक्षक भर्ना गर्न आवेदन दिन सुचना सार्वजनिक गरेपछि यसमा गम्भीर हुन एमालेले ज्ञापनपत्र बुझाएको यादवले बताए ।

शिक्षक नियुक्ती गर्ने कार्यपालिकाको सबै पदाधिकारीको समय सक्ने बेलामा तलबको स्रोत नभएको समयमा भर्ना गर्न थालिएको शिक्षक भर्ना रोक्न र यस्ता गतिविधि सच्याउन माग गरीएको उनले बताए ।
‘२०७४ सालमा निर्वाचित सबैको म्याद सक्ने समयमा २३ जना शिक्षक नियुक्त गर्न थालिएको छ’ यी सबै शिक्षकको तलबको स्रोत के ? यसको कार्यकाल कति हुन्छ ? नियुक्ती गर्ने निकाय गाँउपालिकाका कार्यपालिकाको सबै पदाधिकारीको म्याद सक्नै लाग्दा यस्तो गम्भीर त्रुटीपुर्ण नियुक्ती गर्ने कारण के ? भोलीको दिनमा यसको तलबको स्रोत नभए यी शिक्षकहरुको भविष्य र काम गर्दै गरेको कार्य कसरी सम्पन्न हुन्छ ? यी सबैको जवाफ स्पष्ट रुपमा आउनु पर्ने माग ज्ञापनपत्र मार्फत मागेको छ ।

‘स्रोत बिना नै २३ जना शिक्षक भर्ना प्रक्रिया सच्याउन, नसच्याए अगामी दिनमा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिदै आन्दोलनबाट हुने क्षतिको जिम्मेवारी गाँउपालिका अध्यक्ष हुने ज्ञापनपत्रमा उल्लेख छ ।’
गाँउपालिका भित्रका केहि व्यक्तिको निजि राजनितिक स्वार्थका कारण विद्यालय बन्दी बनाउने कसैले गर्न नहुने ज्ञापनपत्र मार्फत भनेको छ ।
ज्ञापनपत्र बुझाउने टोलीमा नेकपा एमालेका नेताहरु सुरेश यादव ,ध्रुप यादव ,भोज मण्डल ,प्रभु यादव लगायतका सहभागी थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: