Wednesday, February 28, 2024
spot_img
Homeफिचरजिल्ला प्रशासन कार्यालयमा निजामती कर्मचारीको प्रदर्शन

जिल्ला प्रशासन कार्यालयमा निजामती कर्मचारीको प्रदर्शन

वीरगन्ज,२० माघ /

कर्मचारीलाई दुरव्यवहार गर्नेहरुलाई कारबाहीको माग गर्दै पर्साका पालिकाका कर्मचारीले जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरेका छन् ।  नेपाल निजामती कर्मचारी संगठन पर्साको अगुवाइमा कर्मचारीहरुले बिहीबार जिल्ला प्रशासन कार्यालयमा दुई घण्टा धर्ना दिँदै प्रदर्शन गरेका हुन् । 

धोबिनी गाउँपालिकाका योजना शाखा प्रमुख पप्पु पटेललाई गत माघ १३ गते वडा सदस्य शान्ति देवीका श्रीमान् धर्मन राउत कुर्मी र उनी निकटका ठेकेदारले कार्यकक्षमै दुरव्यवहार गरेका थिए ।  दुरव्यवहार गर्नेहरुलाई कारबाहीको माग गर्दै गत सोमबार निजामती कर्मचारी संगठन पर्साले प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाई २४ घण्टे अल्टिमेटमसहितको ज्ञापनपत्र पनि बुझाएको थियो  ।

 तर, ज्ञापनपत्रबारे कुनै सुनुवाइ नभएको भन्दै बिहीबार निजामति कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा दुई घण्टा धर्ना दिँदै प्रदर्शन गरेका हुन् ।  कर्मचारीलाई दुरव्यवहार गर्नेहरुलाई कारबाही गर्न माग राखेर ज्ञापनपत्र बुझाउँदा पनि कुनै सुनुवाइ नभएकाले  धर्ना दिँदै प्रदर्शन गर्नु परेको धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले बताए । 

यदि दोषीलाई बिहीबार पनि कारबाही गरिएन भने शुक्रबार फेरि जिल्ला प्रशासन कार्यालयमै धर्ना दिइने नेपाल निजामति कर्मचारी संगठन पर्साका अध्यक्ष अमित गिरीले बताए । कर्मचारीको सुरक्षाको ग्यारेन्टी स्थानीय प्रशासनले गर्नुपर्ने अन्यथा जिल्लाभरका पालिकाका कर्मचारीहरु कामकाज नै ठप्प पारेर अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी पनि उनले दिए ।

गाउँपालिकाबाट कृषकलाई वितरण गर्नु पर्ने विद्युतीय मोटर आफूले भनेको ठेकेदामार्फत खरिद नगरेको आक्रोशमा वडा सदस्य शान्ति देवीका श्रीमान् धर्मन कुर्मीसहितको समूहले माघ १३ गते योजना शाखा प्रमुख पटेललाई उनकै कार्यकक्षमा गाली गलौज र लछारपछार गर्दै कुटपिटको प्रयास समेत गरेका थिए । 

कर्मचारीका अनुसार, वडा सदस्य शान्ति देवीका श्रीमान् धर्मनले एकजना ठेकेदारसँग कमिसन लिएर उनलाई नै मोटर खरिदका लागि जिम्मा दिने डिल गरेका थिए । तर, ती ठेक्दारको सप्लार्यसमार्फत गाउँपालिकाले मोटर खरिद नगरेपछि धर्मनसहितको समूहले माघ १३ गते गाउँपालिकाको योजना शाखा प्रमुख पपटेलकै कर्यकक्षमा उनलाई २ घण्टासम्म थुनी कोठा बाहिर समेत निस्कन नदिइ बेइज्जत गरेका थिए । 

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: