Saturday, February 24, 2024
spot_img
Homeफिचरएमालेको प्रचार बिभागमा पर्साका महेश दास मनोनीत

एमालेको प्रचार बिभागमा पर्साका महेश दास मनोनीत

वीरगन्ज ,१९ माघ / नेकपा एमालेले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागमा ९ सदस्य मनोनीत गरेको छ । भक्तपुरको कौशलटारस्थित जर्मन होम्समा बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रचार बिभागमा नौ जना सदस्य मनोनीत गरेको हो । मनोनीत ९ सदस्यमा पर्साबाट पत्रकार महेश दास पर्नु भएको छ ।

प्रेस चौतारी नेपाल र नेपाल पत्रकार महासंघको केन्द्रीय समितिमा रहेर काम गरि सक्नु भएका दास अहिले नेकपा एमालेको बीरगंज महानगर कमिटीको उपाध्यक्ष हुनुहुन्छ ।


एमाले केन्द्रीय प्रचार बिभाग प्रमुखमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र उपप्रमुखमा केन्द्रीय सदस्य बिष्णु रिजाल हुनुहुन्छ ।

आजको बैठकले ९ जना सदस्य थप गरेको हो । थपिएका सदस्यहरुमा प्रेस चौतारी नेपालको पूर्व अध्यक्ष गगन बिष्ट, पूर्व महासचिव प्रमोद दाहाल, अहिलको अध्यक्ष गणेश बस्नेत, बरिष्ठ पत्रकार निर्मला शर्मा, नेपाल पत्रकार महासंघका पूर्व महासचिव उजिर मगर, प्रेस चौतारी नेपालका उपाध्यक्ष टीका बिष्ट, चेतन अधिकारी, र रोशन खडका हुनुहुन्छ ।

आज मनोनीत भएका सवै सदस्यहरु प्रेस चौतारी नेपालका बर्तमान तथा पूर्वपदाधिकारी, एकता प्रक्रियामा सहभागी भएका प्रचार क्षेत्रका नेता हुनुहुन्छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: