Thursday, April 18, 2024
spot_img
Homeफिचरस्थानीयतहको निर्वाचन तत्काल घोषणाको माग राख्दै (ओबिसि) को ज्ञापनपत्र

स्थानीयतहको निर्वाचन तत्काल घोषणाको माग राख्दै (ओबिसि) को ज्ञापनपत्र


वीरगन्ज,१८ माघ /
एमाले निकट अखिल नेपाल पिछडावर्ग (ओबिसि) महासंघले स्थानीयतहको निर्वाचन तत्काल घोषणाको माग राख्दै आज ज्ञापनपत्र बुझाएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल मार्फत स्थानीयतहको निर्वाचन तत्काल घोषणाको माग राख्दै महासंघले ज्ञापनपत्र बुझाएको हो ।
संविधानको भावना विपरीत सरकारले स्थानीयतहको निर्वाचन गराउन आनाकानी गरेपछि दबाब स्वरुप ज्ञापनपत्र बुझाईएको अखिल नेपाल पिछडावर्ग (ओबिसि) महासंघका सहमहासचिव धनराज गुप्ताले जानकारी दिनुभयो ।
उहाँले संविधान भन्दा माथी बन्न खोजेको सरकारलाई यसमा गम्भीर हुन सल्लाह सहित ज्ञापनपत्र बुझाईएको बताउनुभयो ।
ज्ञापनपत्र बुझाउने टोलीमा ओविसि पिछडा महासंघका केन्द्रिय अध्यक्ष तेजप्रकाश निषाद ,उपाध्यक्ष अकलेश साह केन्द्रिय सदस्य राजन साह जिल्ला उपाध्यक्ष अरुण कुशवाहा,सचिव भगवान लाल पटेल लगायतको सहभागिता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: