Thursday, June 13, 2024
spot_img
Homeफिचरबाराको पन्टोकामा अवैध रूपमा जुवा सञ्चालन, प्रशासन मौन

बाराको पन्टोकामा अवैध रूपमा जुवा सञ्चालन, प्रशासन मौन


बारा ,१७ माघ ।

बाराको प्रसौनी गाउँपालिका–५ पन्टोकामा पछिल्लो एक महिनादेखि अवैध रूपमा रूपमा जुवा चलिरहे पनि प्रहरी तथा प्रशासनको ध्यान पुग्न सकेको छैन । कलैया मुख्य बजारदेखि पश्चिमपट्टि रहेको प्रसौनी–५ मा फुसको छाप्रो (गोठ) मा २०–२५ जना नेपाली र भारतीयहरूले नियमित जमघट गरी कौडा खेल्दै आएका हुन् ।संगठित रूपमा नै कौडा खेलाउने, चर्को ब्याजमा ऋण दिनेलगायत गतिविधि भइरहेको स्थानीयको भनाइ छ । जुवाको माहोलका कारण स्थानीय पनि आजित भइसकेका छन् । दिउँसो १ बजेदेखि बेलुका सात बजेसम्म जुवाको खाल चल्ने गरेको स्थानीयले बताए । गाउँका केही व्यक्तिले जुवाबारे सामाजिक सञ्जालमा गरेको पोस्ट भाइरल भए पनि प्रहरी प्रशासनले कारबाही गरेको छैन । जिल्लाका प्रहरी प्रमुख एसपी दिलीपसिंह देउवाले आफूलाई कौडा भइरहेकोबारे जानकारीमा आए पनि टोली पठाउँदा फेला नपरेको बताए ।
तर यता जुवा खेलाउने समहुले आफुहरूले बारा प्रशासन र प्रदेश सम्मलाई मिलाएर कौडा खेलाउने गरेकाले केही समस्या भएको अवस्थामा प्रहरी भित्रैबाट जानकारी आउने गरेको हाका हाकी भन्ने गरेका छन । जुवा खेलाउने समहुमा बारा पन्टोका बेलैंयाका काशमिरी साह तेली, पन्नालाल साह, बारा बरेवाका संतोष साह कलवार, आदापुर रक्शौलका लालुगिरी, रक्शौल मौजेका धर्म जी पर्सा अलौंका राजकपूर साह, पर्सा नगरदाहाका सुरेश मलाहा लगायत रहेका छन ।
वीरगन्ज र कलैयाका सात/आठ जनाको एक समूहले साझेदारीमा दैनिक कौडा खेल्ने र खेलाउने गरेका हुन् । त्यसबाट उनीहरूले दैनिक दुई लाखसम्म कमाएर बाँडफाँट गर्ने गरेको स्रोतको भनाइ छ । ‘पहिला सीमापारि आदापुर र रक्सौलमा उनीहरूको समूह खेल्ने र खेलाउने गर्थे । अहिले उता कडाइ गरेपछि वारि खेल भइरहेको छ,’ उनले भने, ‘सुरक्षा अधिकारीहरूसित ‘सेटिङ’ मिलाएर भइरहेको छ ।’ कौडाको खेलले थुप्रै घरवारविहीन भएको उनले बताए ।

स्रोतका अनुसार कौडा खालमा पुग्न चारपाङ्ग्रे वा बाइकबाट आएका जुवाडेका लागि ५ सय मिटर परै राख्नुपर्ने व्यवस्था मिलाइएको छ । उनीहरूको सुरक्षा घेरा तीन तहको बनाइएको छ । कौडाको खालसँगै जमघट (हुल) भएको केही परसम्मको सबै नाकामा सुराकी तैनाथ हुने अपरिचित पस्न खोजे जुवाखालमा सूचना दिने गरेका छन् । त्यसकारण पनि सुरक्षा निकायले फेला पार्न नसकेको स्रोतको भनाइ छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: