test
Sunday, June 16, 2024
spot_img
Homeफिचरपर्साको कुल जनसङ्ख्या साढे ६ लाख

पर्साको कुल जनसङ्ख्या साढे ६ लाख

वीरगन्ज,१६ माघ /
पर्साको जनसङ्ख्या ६ लाख ४९ हजार ३९७ पुगेको छ ।
राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतीजा अनुसार यो तथ्य सार्वजनिक भएको हो ।

केन्द्रीय तथ्याङ्क विभागले बुधवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक प्रतिवेदनमा वीरगंज महानगरमा दुई लाख ७८ हजार २७३ जनसङ्ख्या देखाइएको छ । महानगरमा एक लाख ३९ हजार ८४२ जना पुरुष र एक लाख २८ हजार ४२४ जना महिला
छन् । यसैगरी, महानगरमा ४७ हजार २१८ परिवार रहेको सो तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्क अनुसार कालिकामाई गाउँपालिकामा २३ हजार ४७०, ठोरी गापामा १७ हजार ४९४, पकाहामैनपुर गापामा २२ हजार ९५७, धोबिनी गापामा २२ हजार ७४६, छिपहरमाई गापामा २६ हजार ७४२ जनसङ्ख्या रहेको छ ।

यसैगरी, पटेर्वासुगौली गापामा २५ हजार ५०८, जगरनाथपुर गापामा ३२ हजार ७, विन्ध्यवासिनी गापामा २४ हजार ४६६, जीराभवानी गापामा २२ हजार ६०२, सखुवाप्रसौनी गापामा ३५ हजार ७१२, पोखरिया नगरपालिकामा ३८ हजार ९८५, पर्सागढी नपामा ४१ हजार ४७७, बहुदरमाई नपामा ४३ हजार ७८० जनसङ्ख्या छ । पर्सामा वीरगंज महानगरपछि दोस्रो बढी जनसङ्ख्या बहुदरमाई नपाको रहेको छ भने तेस्रो बढी जनसङ्ख्या पर्सागढी नपाको रहेको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments