Thursday, April 18, 2024
spot_img
Homeजीवनशैलीशनिबार वीरगन्जमा थप २ संक्रमितको मृत्यु

शनिबार वीरगन्जमा थप २ संक्रमितको मृत्यु

वीरगन्ज,१६ माघ /
वीरगन्जमा शनिबार कोरोना भाइरस संक्रमणले थप २ जनाको मृत्यु भएको छ। नारायणी अस्पतालमा उपचारत दुईजना संक्रमितको शनिबार बिहान मृत्यु भएको हो।

अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहका अनुसार बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ की ६५ वर्षिया संक्रमित महिलाको शनिबार बिहान साढे ७ बजे मृत्यु भएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार अस्पतालमा भर्ना भएकी ती महिलाको शुक्रबार नै एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। ती महिलाले कोभिड विरुद्धको खोपको दुवै डोज लगाएकी थिइन्।

यस्तै नारायणी अस्पतालमै उपचारत पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ३ प्रगतिनगरका ७३ वर्षीय संक्रमित पुरुषको पनि शनिबार बिहान मृत्यु भएको छ। मुटु रोगको समस्या रहेका ती पुरुषको स्वास्थ्य अवस्था जटिल भएपछि शुक्रबार अस्पतालमा भर्ना गरिएको र शुक्रबार नै एन्टिजेन विधिबाट परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

अस्पतालको आइसियु कक्षमा भर्ना गरेर भेन्टिलेटर सपोर्टमा उपचार गर्ने क्रममा ती पुरुषको शनिबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सिंहले जानकारी दिए। डाक्टर सिंहका अनुसार ती पुरुषले पनि कोभिड विरुद्धको खोपको दुबै डोज लगाएका थिए।

योसँगै कोरोनाको तेश्रो लहरमा वीरगन्जमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ६ पुगेको छ।

यसअघि शुक्रबार माघ १४ गते बिहान पनि वीरगन्जको नारायणी अस्पतालमा वीरगन्ज महानगरपालिका–२७ की ६५ वर्षीया महिलाको मृत्यु भएको थियो। यस्तै नारायणी अस्पतालमै माघ ११ गते बाराको कोल्हबी नगरपालिका वडा नम्बर ३ का ६० वर्षीय संक्रमित पुरुष, माघ ८ गते वीरगन्ज मेट्रोसिटी हस्पिटलमा बाराको विश्रामपुर गाँउपालिका ४ बतराकी २० वर्षीया संक्रमित युवतीको र माघ ६ गते नारायणी अस्पतालमा बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ का ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो।

वीरगन्जमा कारोनाको पहिलो लहरमा ८६ जनाको र दोश्रो लहरमा ३४१ जनाको मृत्यु भएको थियो। डाक्टर सिंहका अनुसार नारायणी अस्पतालमा हाल १२ जना संक्रमित उपचाररत रहेका छन्। सबै १२ जना आइसियुमै भर्ना रहेको र तीमध्ये ६ जनालाई अक्सिजन लगाएर राखिएको डाक्टर सिंहले जानकारी दिए। अक्सिजन लगाएर राखिएका मध्ये ३ जनाको अवस्था जटिल रहेको पनि डाक्टर सिंहले बताए।

वीरगन्जमा शनिबार थप २ संक्रमितको मृत्यु
वीरगन्ज,१६ माघ

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: