Friday, March 1, 2024
spot_img
Homeजीवनशैलीअरूले पत्तै नपाउने गरी यसरी चलाउनुहोस् फेसबुक र मेसेन्जर

अरूले पत्तै नपाउने गरी यसरी चलाउनुहोस् फेसबुक र मेसेन्जर

यदी तपाईले फेसबुक, इन्स्टाग्राम, ट्विटर, ह्वाट्सएप जस्ता सामाजिक सञ्जाल प्रयोग गर्नुहुन्छ भने पक्कै पनि मेसेज आउँछ। सामाजिक सञ्जालमा जोडिएका साथीभाइको मेसेज आउनु पनि स्वाभाविक हो।

ती मेसेजमध्ये कुनै मेसेज नचिनेको व्यक्ति अथवा तपाईंलाई मन नपर्ने व्यक्तिले पनि पठाएको हुनसक्छ। तपाईंसँग ती व्यक्तिलाई रिप्लाई नगरी बस्ने विकल्प छ।

तर यसबाहके तपाईं यस्ता सामाजिक सञ्जालमा अफलाइन पनि बस्न सक्नुहुन्‍छ। यसरी अफलाइन बस्नुभयो भने अन्य प्रयोगकर्ताले तपाईं सामाजिक सञ्जाल चलाइ रहनुभएको छ भन्ने थाहा पाउँदैनन्। अनि अनावश्यक रूपमा तपाईंलाई एक्टिभ देखेकै भरमा मेसेज गर्नेहरूले पनि मेसेज गर्न बन्द गर्नेछन्।

फेसबुक मोबाइल एपमा यसरी बस्नुहोस् अफलाइनः

-फेसबुक एपबाट आफ्नो फेसबुक खाता लग(इन गर्नुहोस्।

-मोबाइलको सबैभन्दा माथिल्लो भागको दायाँपट्टी रहेको तीन वटा धर्कोलाई चयन गर्नुहोस्।

यहाँ तपाईंले तल स्क्रोल गरेपछि ुसेटिङस् एन्ड प्राइभेसीु भन्ने देख्नुहुन्छ। त्यसलाई चयन गर्नुहोस्।

-यसभित्र रहेको सेटिङ्सु भन्ने विकल्प रोज्नुहोस्।

  • यता अकाउन्टु, प्रिफेन्सु, अडियन्स एन्ड भिजिबिलिटीु लगायत विभिन्न खण्ड देख्नुहुन्छ। त्यसको अडियन्स एन्ड भिजिबिलिटीु भन्ने खण्डमा जानुहोस्।
  • यसको सबैभन्दा तल एक्टिभ स्टाटसु भन्ने विकल्प हुन्छ। त्यसलाई रोज्नुहोस्।

-अब तपाईंले यहाँ सो ह्वेन यू आर एक्टिभु भन्ने देख्नुहुन्छ। यसलाई टर्न-अन अथवा टर्न-अफ गर्न सक्नुहुन्छ।

फेसबुक मेसेन्जरमा यसरी बस्नुहोस् अफलाइनः

-फेसबुक मेसेन्जरबाट आफ्नो खाता लग(इन गर्नुहोस्।

  • मेसेन्जर खुलिसकेपछि सबैभन्दा माथिल्लो भागको बायाँपट्टि तपाईले ुच्याटु भन्ने देख्नुहुन्छ। त्यसको छेउमा रहेको प्रोफाइल पिक्चरमा थिच्ने।

-यसमा तपाईंले प्रोफाइल खण्डमा एक्टिभ स्टेटसु भन्ने देख्नुहुन्छ। यसलाई चयन गर्नुहोस्।

-अब भने तपाईंले यहाँ सो ह्वेन यू आर एक्टिभु भन्ने विकल्‍पलाई चयन गरी एक्टिभ स्टाटस टर्न-अन अथवा टर्न अफ गर्न सक्नुहुन्छ।

यसरी तपाईंले फेसबुक एप र मेसेन्जर एपबाट अफलाइन बसेर यी सामाजिक सञ्जाल चलाउनु सक्नुहुन्छ। र, तपाईंले फेसबुकरमेसेन्जर चलाइ रहनुभएको छ भने कसैले चाल पनि पाउँदैन किनभने तपाईं अफलाइन हुनुहुन्छ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: