Saturday, February 24, 2024
spot_img
Homeफिचरबाबु छोरा लागुऔषध गॅाजा सहित पक्राउ

बाबु छोरा लागुऔषध गॅाजा सहित पक्राउ

वीरगन्ज,१४ माघ /

पर्सा प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजा बाबु छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका वडा नम्बर ९ विश्रामपुर निवासी ६० वर्षीय गणेश साह कलवार र उनका छोरा ३४ वर्षीय सन्तोष साह कलवार सहित रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले साहको घरमा छापामारी गरेर गएराती उनीहरुलाई पक्राउ गरेको हो ।
पर्सा प्रहरीका प्रहरी नायव उपरीक्षक डिएसपी ओमप्रकाश खनालका अनुसार साहको घरबाट प्रहरीले ७४ किलोग्राम गाँजा बरामद गरेको छ ।
साहको घरबाट गाँजाको अवैध कारोबार भइरहेको विशेष सूचनाको आधारमा छापामारी गरिएको डिएसपी खनालले जानकारी दिए । साहले घरको पूर्वपट्टीको कोठाको खाटमुनी सुनियोजित तरिकाले गाँजालाई लुकाएर राखेको थिए ।
पक्राउ परेका उनीहरुमाथि लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी खनालले बताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: