Thursday, June 13, 2024
spot_img
Homeफिचरमधेश प्रदेशमा ६ जनप्रतिनिधिले मतदान गरेनन्

मधेश प्रदेशमा ६ जनप्रतिनिधिले मतदान गरेनन्


वीरगन्ज,१२ माघ /
राष्ट्रिय सभाको निर्वाचनमा मधेश प्रदेशमा ३ सय ६६ जनाले मतदान गरेका छन् ।

जनकपुरधामस्थित महेन्द्रनारायण स्मृति प्रतिष्ठानको भवनमा भएको निर्वाचनमा ६ जना मतदाताले मतदान नगरेको निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

उनका अनुसार कुल ३ सय ७२ मतदातामध्ये ३ सय ६६ जनाले मतदान गरेका छन् । दुई जना प्रदेश सांसद, दुई जना मेयर र २ जना उप मेयरले मतदान नगरेको उनले बताए ।

प्रदेशमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल महिला समूहमा र जनता समाजवादी पार्टी ९जसपा० बाट मोहम्द खलिद सिद्दिकीले अन्य समूहमा उम्मेदबारी दिएका छन् ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० बाट महिला समूहमा रुपा कुमारी यादव र नेकपा एमालेबाट अन्य समूहमा उस्मान अन्सारीले उम्मेदबारी दिएका छन् । लोसपा र एमालेले चुनावी गठबन्धन बनाएका छन् ।

निर्वाचन स्म्पन्न भएपछि ३स्३० बजेबाट मतगणनाको प्रकृया शुरु गरिने निर्वाचन अधिकृत प्याकुरेलले बताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: