Monday, February 26, 2024
spot_img
Homeफिचरबढि भिडभाड हुने कार्यालयमा सेवाग्राही पातलिए

बढि भिडभाड हुने कार्यालयमा सेवाग्राही पातलिए


वीरगन्ज,१२ माघ /
जिल्ला प्रशासन कार्यालय, पर्साले पुस २८ गतेदेखि वर्गीकृतरूपमा सेवा प्रदान गर्न शुरू गरेपछि सेवाग्राहीहरू पातलिएका छन् । कोरोनाको कारण भीडभाड हुने कार्यालयमा साप्ताहिकरूपमा वर्गीकरण गरी सेवा प्रवाह गर्ने निर्णय अनुरूप जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, भूमिसुधार कार्यालयमा आलोपालो सेवा शुरूपछि सेवाग्राहीहरू पातलिएका हुन ।

जिल्ला प्रशासनमा दैनिक १५० जनाको नागरिकता, ४० जनाको राहदानी बन्ने गरेकोमा अहिले आएर आलोपालो गरिएपछि सङ्ख्या आधा भएको पर्साकां सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमा नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, राहदानी र मतदाता नामावली तथा राष्ट्रिय परिचयपत्र लिनेहरूको अचाक्ली भीड हुने गरेको थियो ।

अहिले पालिकालाई दुई दिन, नगरपालिकालाई दुई दिन र महानगरपालिकालाई दुई दिन गरी आलोपालो सेवा प्रदान गरिएपछि सेवाग्राहीहरूको भीड कम भएको पौडेलले बताउनुभयो । जिल्ला प्रशासनसरह नै मालपोत, नापी, भूमिसुधारमा पनि सेवाग्राहीहरूको भीड कम भएकोछ ।

यसका साथै जिल्ला प्रशासन कार्यालयमा अहिले कोभिडविरुद्ध खोप लिएको कार्ड भएकाहरूलाई मात्र प्रवेश दिने गरिएको उहाँको भनाई छ । गत बिहीवारदेखि कोरोनाविरुद्ध खोप लिएको कार्ड देखाएर मात्र जिल्ला प्रशासनमा प्रवेश शुरू भएको पौडेलले बताउनुभयो । यसले पनि बढि भिडभाड हुने कार्यालयमा सेवाग्राहीहरूको संख्या कम भएको उहाँले बताउनुभयो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: