test
Sunday, June 16, 2024
spot_img
Homeफिचरकोरोनाले होमस्टे प्रभावित

कोरोनाले होमस्टे प्रभावित


वीरगन्ज,१२ माघ /
कोभिड महामारीका कारण मधेस प्रदेशको एकमात्र होमस्टे प्रभावित भएको छ । ठोरी गाउँपालिका–५ सुवर्णपुरमा रहेको सुनाखरी मध्यवर्ती होमस्टे नराम्ररी प्रभावित भएको होमस्टे सञ्चालकहरूले बताएका छन् ।

तराईको लाइफलाइन हुलाकी सडकले सुवर्णपुरलाई नछोएको कारण पनि अहिले यो क्षेत्र प्रभावित उनीहरुले बताएका हुन । यस अघि वीरगंज–ठोरी सडक यात्रा गर्दा सुवर्णपुर भएर जानुपर्ने बाध्यता कै कारण यहाँको बजार गुलजार हुनुको साथै होमस्टे पनि सोही अनुरूप चलेको सञ्चालकहरूले बताएका छन ।

अहिले सुवर्णपुरभन्दा दुई किलोमिटर वरबाटै वीरगंज–ठोरी हुलाकी सडकखण्ड छुट्टिएको सडक कालोपत्र भएको कारण साना–ठूला सबै सवारी साधन हुलाकी सडकबाटै सञ्चालित भएर सुवर्णपुरसम्मको सवारी सम्पर्क अहिले विच्छेद भएको उनीहरुको भनाई छ । सुवर्णपुरमा ६ वर्ष अगाडि अर्थात् २०७२ सालदेखि सुनाखरी मध्यवर्ती होमस्टे सञ्चालनमा आएको थियो भने यसले एक वर्षपछि पर्यटन कार्यालय वीरगंजबाट वैधानिकता पाएको थियो ।

होमस्टे सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटक सुवर्णपुर पुग्ने गरेको संस्थापक अध्यक्ष शम्भुराम पौडेलले बताउनुभयो । २०७३ देखि २०७६ सालसम्म पर्यटकहरूको कमी थिएन, तर कोरोना सङ्क्रमणपछि यो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम न्यूनप्रायः भएको उहाँले बताउनुभयो ।

कोरोना अघि आन्तरिक तथा बाह्य पर्यटकहरू प्रचुर मात्रामा आउने गरेको अध्यक्ष पौडेलले बताउनुभयो । सुवर्णपुरमा एउटा कोठामा दुईजना बस्ने गरी १५ वटा होमस्टे छ ।

प्रदेश सरकारले डिभिजन वन कार्यालय पर्सामार्फत जङ्गल सफारीको लागि गाडीको व्यवस्था गरेभएपनि नम्बर प्लेट नभएका कारण सञ्चालनमा आउन नसकेको उहाँको भनाई छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments