Thursday, April 18, 2024
spot_img
Homeफिचरसई शैलेन्द्रको ज्यादती सालो बचाउन यादवलाई पसाउन षडयन्त्र गर्दै

सई शैलेन्द्रको ज्यादती सालो बचाउन यादवलाई पसाउन षडयन्त्र गर्दै

वीरगन्ज,११ माघ /

पर्सा प्रहरीले एकजना युवकमाथि ज्यादती गरेको छ । धनुषा, लक्षमिनिया गापा–३ बनिगावा घर भई हाल वीरगंज–१४ पिपरामा बस्दै आएका ३० वर्षीय सन्तोष यादवमाथि सवारी दुर्घटनाको सम्बन्धमा ज्यादती गरेको परिवारजनको गुनासो छ ।

निजका बुवा रामवरण यादवले पर्सा प्रहरीले आफ्नो नजीकका आफन्तलाई बचाउन छोरामाथि ज्यादती गरेको आरोप लगाए । मुद्दा शाखाका प्रहरी नायब निरीक्षक शैलेन्द्र खड्काकी पत्नी चढेको प्रदेश १–०१–०२२च ०५२७ नम्बरको कारले माघ ३ गते दिउँसो सवा २ बजे रक्सौलबाट किनमेल गरी वीरगंज फर्किने क्रममा रक्सौलबाट मोबिल खरीद गरी ना १०प १६८७ नम्बरको निजी मोटरसाइकलमा वीरगंज आइरहेको अवस्थामा रजतजयन्ती चोक नजीकै ओभरटेक गर्ने क्रममा कारले मोटरसाइकलको साइलेन्सर छोएको थियो ।

त्यति बेला कार मुद्दा शाखाका सई खड्काका सालोले चलाइरहेका थिए । उनको लाइसेन्स पनि छैन । तर प्रहरी नायब निरीक्षकको सालो भएको कारण ठूलो सवारीले मोटरसाइकललाई ठक्कर दिंदा पनि इनर्वा प्रहरीले सन्तोषलाई लाठीले हानेर घाइते पनि बनाएको थियो । लाठी प्रहार रोक्न खोज्दा सन्तोषको हात पनि काटिएको छ ।

त्यसपछि इनर्वा प्रहरीले केही घण्टा निज सन्तोषलाई त्यहीं थुनामा राख्यो । छोरालाई छोडाउन बुवा रामवरण चौकीमा जाँदा उनलाई प्रहरी भ्यानमा राखेर छोरासहित जिल्ला प्रहरी कार्यालय, पर्सा ल्याइएको थियो । सन्तोषलाई हतकडी लगाएर ल्याइएको थियो । सन्तोषलाई मङ्गलवार राति ३० घण्टापछि मात्र रिहा गरिएको थियो । मोटरसाइकल अहिले जिल्ला प्रहरीकै नियन्त्रणमा छ । कारको अगाडिको बायाँ साइडमा स्क्रेच लागेकोले कारधनीले १५ हजार नदिए मोरटसाइकल नदिने भनेर धेरै हैरान पारे ।

छोरालाई लागू औषध मुद्दामा पनि फसाउने धम्की दिइरहेको उनले गुनासो गरेका छन् । यस विषयमा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालसँग बुझ्दा युवकको गल्तीको कारण कारमा क्षति पुगेकोले क्षतिपूर्ति नबेहोरेसम्म मोटरसाइकल नछोड्ने प्रतिक्रिया दिए । प्रतिक दैनिकबाट

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: