Thursday, April 18, 2024
spot_img
Homeफिचरढुवानीको नाममा भुमि विमानको अबैध धन्धा

ढुवानीको नाममा भुमि विमानको अबैध धन्धा

वीरगन्ज ,१० माघ /

खाधान्न तथा किराना पसलको समाग्री ओसारपसार गर्ने भुमि बिमान ढुवानी सेवाको अच्चम तरिकाले तस्करी फस्टाएको छ ।

हेटौडाबाट संचालनमा रहेको भुमि बिमान ढुवानी सेवाले बीरगंज , नारायणगढ लगायतका जिल्लाहरुमा आफनो तस्करी बिस्तार गरेको छ ।

स्रोतका अनुसार भुमि विमान ढुवानी सेवाले बीरगंजबाट सहज तरिकाले नेपाल सरकारको राजस्व मारेर अबैध तरिकाले खाधान्न समाग्रीको नाममा तस्करी समान ओसारपसार गरीरहेको भुमि बिमान ढुवानी सेवाका कर्मचारीहरुले बताएका छन ।

भारतको रक्सौलबाट भन्सार छली नेपाल भित्रियाएको भारतीय कपडा , कुर्ता सुरुवाल, रजनीगन्धा अचार, पेय पदार्थ रेडबुल लगायतका समाग्रीहरु तस्करी गरीरहेको स्रोतको दावी छ ।

नेपाल सरकारको राजस्वमा असर पर्नेगरी उक्त ढुवानी सेवाले नक्कली बिल काटेर हेटौडा लगिरहेको छ ।

एक उच्च स्रोतका अनुसार भुमि बिमान ढुवानी सेवाका संचालक धनबहादुर श्रेष्ठले नक्कली बिल काटेर नै अवैध तरिकाले यो कार्य गर्दै आएका छन ।

तस्कर संग सांठगाठ गरेको भुमिबिमानका कर्मचारीहरु पनि नक्कली बिल काटेर पठाई रहेको स्रोत बताउँछ ।

वीरगंजको घोडाबजार नजिककै रहेको उक्त ढुवानी सेवाले रजतजयन्ती चौक देखी बसपार्क र आर्दशनगर लगायत स्थानहरुबाट रातीको बखतमा तस्करीको ढुवानी कार्य गर्दै आएको छ ।

भारतीय निलोन कम्पनीको अचार पानीपुरी बिकाजी पापड र रसगुल्ला लगायतका सामानहरुको भन्सार छली पैठारी गरी उक्त टा्रन्सपोर्टमा लोड हुने गरेको हो ।

चोरी पैठारी गरी ल्याएको तस्करीको सामाग्रीहरु वीरगंजको स्थलमार्ग हुदै हेटौडाको गोदाम सम्म सहज तरिकाले पुग्ने गरेको छ ।

भुमि बिमानको हेटौडा स्थित रहेको गोदाममा प्रशासनले अनुगमन गर्यो भने उक्त टा्रन्सपोर्टको गोरखधन्दाको भण्डाफोर हुने श्रोतको दाबी रहेको छ । वीरगंजबाट खुलेआम टा्रन्सपोर्टबाट तस्करी हुदांपनि प्रशासन मौन बस्नुको कारण के हो भन्दै वीरगंजवासीहरुको जिज्ञासा रहेको छ ।

यता भुमि विमान ढुवानी सेवाका संचालक श्रेष्ठले राजस्व छल्दै आएको विषयमा कुनै पनि गलत क्रियाकलापमा सङ्लन नभएको बताए । उनले यस्तो गलत कुरामा सत्यता नरहेको दावी गरेका छन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: