Friday, March 1, 2024
spot_img
Homeफिचरजसपा पर्सा विवाद - प्रदीप जैसवाल दुवै समुहमा

जसपा पर्सा विवाद – प्रदीप जैसवाल दुवै समुहमा

वीरगन्ज,१० माघ /

पर्सामा जनता समाजवादी पार्टी जसपा भित्रको विवाद झन चुलिँदै गएको छ। पछिल्लो हप्ता दुई छुट्टाछुटटै समूहले जिल्ला कार्यसमिति गठन र पुनःगठन गरेका थिए। केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसँग असन्तुष्ट समूहले गत माघ २ गते मन्जुर अन्सारीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति गठन गरेको हो।

उपेन्द्र निकट रहेका पहिलेका अध्यक्ष रामनरेश यादवको समूहले भने गत शुक्रबार छुट्टै भेला गरेर जिल्ला कार्यसमिति पुनःगठन गरेको छ। पर्सामा गठन भएका दुई छुट्टाछुटटै जिल्ला कार्य समितिबारे अहिले आएर जसपाको विवाद झन पेचिलो बनेको छ ।

प्रदीप जैसवाल दुवै समुहमा

जसपाका नेता भन्न रुचाउँने संखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष प्रदीप जैसवाल जसपा पर्साको दुवै समुहमा देखिन थालेका छन । जसपा पर्सामा विवाद सुरु भएकै दिनदेखि जैसवाल दुवै समुहमा घुम्न थालेका छन । आफुलाई बढि चतुर बुझने जैसवाल माघ २ मा जिल्ला अध्यक्षबाट रामनरेश यादवलाई हटाउन लागी मन्जुर अन्सारीको समुहमा देखिए ।
त्यस्तै सोमबार रामनरेश यादव समुहको जिल्ला बिस्तारित बैठकमा देखिएका छन ।
आउने निर्वाचनमा जसपाले उनलाई फेरि टिकट नदिने सुचना पाएपछि दुवै समुहमा घुम्न थालेका छन ।
जिल्लामा सबैभन्दा बढि भ्रष्टचार गरेको पालिकाका अध्यक्ष जैसवाल आउने निर्वानच पराजित हुने निश्चित प्राय नै छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: