Thursday, June 13, 2024
spot_img
Homeफिचरठाकुरराममा बिबिए इन्ट्रान्सको प्रश्न पत्र शिक्षकले लिक गरेको अनेरास्ववियुको आरोप

ठाकुरराममा बिबिए इन्ट्रान्सको प्रश्न पत्र शिक्षकले लिक गरेको अनेरास्ववियुको आरोप


वीरगन्ज,९ माघ /

वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा आज भएको बिबिएको प्रवेश परीक्षामा अनियमितता भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ठाकुरराम ईकाइ कमिटीले आरोप लगाएको छ ।

शनिवार बिहान ८ बजेदेखि सुरु भएको प्रवेश परीक्षाको प्रश्न पत्र परीक्षा अगावै बाहिरिएको र परीक्षामा शिक्षक र विद्यार्थीबिच मिलेमतो भएको अनेरास्ववियुको आरोप छ ।

अनेरास्ववियुका ईकाई कमिटी अध्यक्ष आशिफ अहमदले जारी गरेको प्रे विज्ञप्तीअनुसार प्रश्न पत्र बाहिरिएर इतिहास बोकेको क्याम्पसको छबीमा दाग लाग्ने क्रियाकलाप गर्नेलाई कानुनी दायराभित्र ल्याउन पनि माग गरिएको छ । शनिवार भएको प्रवेश परीक्षा रद्द गरेर पुनः परीक्षा लिने व्यवस्था मिलाउन पनि विज्ञप्तीमार्फत अनेरास्ववियुले माग गरेको छ ।

यता ठाकुरराम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा। उमेश चौरसियाले भने केही विद्यार्थीहरुले चिट चोर्न नपाएपछि संगठनले आरोप लगाएको प्रतिक्रिया दिए । परीक्षामा कुनै किसिमको अनियमितता नभएको दावी गर्दै आफुले चाहेअनुसारको गतिविधि नभएपछि प्रश्न पत्र बाहिरिएको भनेर अफवाह मात्रै फैलाएको प्रमुख डा। चौरसियाको भनाई छ ।

क्याम्पसमा विद्यार्थी संगठनहरुले विरोध, तालाबन्दी जस्ता क्रियाकलाप गर्नु कुनै नौलो कुरा नभएको बताउँदै यस्ता गतिविधिले विद्यार्थीहरु अध्ययन र क्याम्पसको सुधारभन्दा पनि राजनीतिको लागि एजेण्डा बनाउने गरेको दावी गरे ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: