Friday, March 1, 2024
spot_img
Homeफिचरजसपा प्रदेश कमिटी बोल्यो ,यादवनै आधिकारीक , अन्सारीको समिति अवैध

जसपा प्रदेश कमिटी बोल्यो ,यादवनै आधिकारीक , अन्सारीको समिति अवैध


वीरगन्ज,९ माघ /
जनता समाजवादी पार्टीको मधेश प्रदेश समितिले पर्सा जिल्लामा राम नरेश यादवले नेतृत्व गरेको पार्टी आधिकारिक रहेको सार्वजनीक गरेको छ ।

मधेश प्रदेश कमिटीको यो धारणा सार्वजनीक भएसंगै जनता समाजवादी पार्टीको नाममा बनेको नयाँ समिति अवैध रहेको पुष्टि भएको छ ।

पार्टीका मुख्य सचिव दीनेश यादवले एक बिज्ञप्ति जारी गर्दै जनता समाजवादी पार्टी बन्नु भन्दा पहिला रहेको दुबै पार्टीका समिति नै आधिकारिक रहेको जनाएका छन ।

पार्टीको मेधश प्रदेश कमिटीले पर्सा जिल्लामा पार्टीको जिल्ला कमिटी बनेको बिषयमा बिभिन्न संचार माध्यमबाट जानकारी प्राप्त भएको समेत बिज्ञप्तिमा उल्लेख छ ।

बिज्ञप्तिमा जिल्ला पार्टी एकता पछि समायोजनको काम बाँकी रहेको र त्यो घोषणाको जिम्मेवारी प्रदेश समितिमा निहित रहेको उल्लेख छ ।

समायोजनको काम प्रदेशले गर्ने भन्दै बिज्ञप्तिमा पर्सामा पार्टी समायोजनको काम छलफलको चरणमा रहेको भन्दै प्रदेश सभा सदस्य मन्जुर अन्सारीको नेतृत्वमा बनेको समितिलाई अबैध भएको ठहर गरेको हो ।

प्रदेशको कमिटीको यो बिज्ञप्तिसंगै पार्टी भित्र मौलाउन खाजेको अराजक संस्कृतिलाई अंशुक लगाउने काम भएको पार्टीका जिल्ला सचिव तवरेज अहमदले बताए ।

पार्टी प्रति निष्ठा भएका थोरै मान्छे रहनु ,पार्टी बिधि पद्धती र सैद्धान्तिक मूल्य मान्यताको जगमा संचालन हुनु पर्ने कुरा जसपाको यो प्रकरणले पनि देखाएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: