Thursday, April 18, 2024
spot_img
Homeफिचरगाँउमा मन्दिर उद्घाटन गर्न पुगेका पुर्वमन्त्री सोनार लखेटिए

गाँउमा मन्दिर उद्घाटन गर्न पुगेका पुर्वमन्त्री सोनार लखेटिए


वीरगन्ज,९ माघ /

बाराको परवानीपुर गाँउपालिका ३ लिपनीमालमा मन्दिर उद्घाटनको बिषय लिएर दुई पक्षबिच झडप भएको छ ।
प्रदेश २ को पुर्व भौतिक पुर्वाधार तथा विकाश मन्त्री जितेन्द्र सोनार कै कार्यकर्ता र स्थानीय युवा बिच झडप भएको हो ।
प्रदेश सभा सदस्य सोनारको पुख्र्यौली गाँउमा बनेको ब्रहमबाबाको मन्दिर जवरजस्ती उद्घाटन गर्न खोजेपछि झडप भएको स्थानीयबासीले बताएका छन ।
स्थानीयका अनुसार सोनार भौतिक पुर्वाधार तथा विकाश मन्त्री हुदाँ मन्दिर निर्माणका लगाी ८ लाख बजेट छुट्याएका थिए । भने गाँउपालिकाले ५ लाख बजेट छुट्याएपछि १३ लाखमा मन्दिर निर्माण सम्पन्न भएको हो । सम्पन्न भएको मन्दिरको शनिबार उद्घाटन सोनारले नै गर्न जवरजस्ती खोजेपछि विरोध भएको हो ।
जनताले तिरेको करबाट आएको सहयोग रकममा व्यक्तिले तानाशाही तरीकामा मन्दिर उद्घाटन गरेर व्यक्तिगत नामको सिलालेख लगाउने तयारी गरेपछि विरोध भएको स्थानीय राजेश यादवले बताए ।
उनका अनुसार जनताको भावना विपरित प्रहरी परिचालन गरेर ब्रहमबाबाको मन्दिर जवरजस्ती उद्घाटन गर्न र आफ्नो नामको शिलालेख लगाउन थालेपछि विरोध भएको हो ।
सोनार मन्दिर उद्घाटन गर्न प्रहरी परिचालन गरेर पुगेपनि स्थानीय युवाहरुले विरोध गरेपछि उनी सहित उनका कार्यकर्ता लखेटिका थिए । सोनारलाई स्थानीय युवा घेराउ गर्ने थालेपछि प्रहरीले उनलाई बचाएर सुरक्षित स्थानमा लगेका हुन ।

किन गर्छन सोनार धर्ममा राजनिति ?

प्रदेश सभा सदस्य सोनार पटक पटक मन्दिर ,मस्जिद उद्घाटन र आफ्नो नामको शिलालेख लगाउनका लागी मरिहते गर्ने गरेका छन ।
लोसपा नेता सोनार विगतमा पनि धर्मको नाममा उद्घाटन र आफ्नो नामको शिलालेख लगाउनका विवाद गर्दै आएका छन । उनी धर्ममा राजनिति गर्ने खोजेपछि पटकपटक बिरोध भएको कतिपय उदाहरण छन ।
उनले परवानीपुर गाँउपालिका कै वडा नम्बर १ बुनियादमा गत २०७६ चैत ११ मा स्थानीय दलितलाई पुजाबाट रोक लगाएर महायज्ञको उद्घाटन गरेका थिए ।
त्यसबेलामा पनि स्थानीय दलित परिवार पनि उनको विरोध गरेका थिए । यसअघि उक्त गाँउपालिकाको वडा नम्बर ५ नौतनमा पनि सार्वजनिक धर्मशालाको उद्घाटनमा वडा अध्यक्ष रामेश्वर कलवारले विरोध गरेपछि प्रहरी परिचालन गरेर उद्घाटन गरे ।
त्यसबेला सार्वजनिक धर्मशाला निर्माणमा अनियमितता भएको ठहर भएपछि हतार हतारमा धर्मशाला उद्घाटन र शिलालेख लगाउनका लागी नै वडा अध्यक्ष कलवार सहित ५ जनालाई प्रहरी हिरासतमा पुरयाएका थिए । उनी निकटका अनुसार सोनार सस्तो लोकप्रियता लागी धर्म , शिक्षामा राजनिति गर्ने गरेका छन ।
केहि दिन अगाडी प्रदेश २ को राजधानी जनकपुर घोषणा भएपछि चर्चामा आउनलाई आफ्नो घर अज्ञात समुह द्धारा तोडफोड भएको भनेर हल्ला फिजाएका थिए । त्यसको पनि समाजिक संजालदेखि सडकमा व्यापक विरोध भएको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: